भारतमा आइपिएलमाथि प्रतिबन्ध लगाउनुपर्ने माग चर्को रुपमा उठ्यो
भारतमा आइपिएलमाथि प्रतिबन्ध लगाउनुपर्ने माग चर्को रुपमा उठ्यो
    • Bell Sanchar

    • १६ कार्तिक २०७८, मंगलवार

काठमाडौं। भारतमा इण्डियन प्रिमियर लिगमाथि प्रतिबन्ध लगाउनुपर्ने माग चर्को रुपमा उठेको छ । विश्वकै सबैभन्दा महंगो क्रिकेट लिग मानिने आइपिएलका कारण भारतीय खेलाडीहरु देशको लागि खेल्नुको सट्टा पैसाको पछि लागेको भन्दै आइपिएलमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको हो । भारतले टि–२० विश्वकपमा लगातार २ खेल हारेपछि यो माग चर्को रुपमा उठेको छ ।

विश्वकप २०२१ मा गएराती भारतले लगातार दोस्रो खेल हारेको छ । भारतले जारी विश्वकपमा कुनै पनि खेल जित्न सकेको छैन । गएराती भएको खेलमा भारत न्यूजिल्याण्डसँग ८ विकेटले हारेको हो । लगातार २ हारसँगै भारतको सेमिफाइनल पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।पहिले पाकिस्तानसँग र अब न्यूजिल्याण्डसँग पनि भारतले हारेपछि भारतीय फ्यानहरु निकै आक्रोशित छन् । उनीहरुले सामाजिक संजालमा इण्डियन प्रिमियर लिगलाई प्रतिबन्ध लगाउन माग गरिरहेका छन् ।

 

यसका लागि उनीहरुले ह्याशट्याग ब्यानआइपिएल प्रयोग गरिरहेका छन् ।भारतीय फ्यानहरुले अन्तर्राष्ट्रिय स्तरमा भारतले राम्रो प्रदर्शन दिन नसक्ने हो भने यति महंगो लिगको कुनै अर्थ नभएको बताएका छन् । फ्यानहरु भारतीय टिमका मेन्टर तथा पूर्वकप्तान महेन्द्र सिंह धोनीको भूमिकामाथि पनि प्रश्न उठाइरहेका छन् । यसको लागि उनीहरुले ह्याशट्याग मेन्टरधोनी प्रयोग गरिरहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित