भारतको पहिलो जित, अफगानिस्तान पराजित
भारतको पहिलो जित, अफगानिस्तान पराजित
    • Bell Sanchar

    • १८ कार्तिक २०७८, बिहीबार

काठमाडौं । उपाधि दाबेदारको रुपमा रहेकाे भारतले आइसिसी टी–ट्वान्टी विश्वकपमा पहिलो जित हात पारेको छ। बुधबार राति भएको सुपर–१२ को समूह–२ मा रहेको भारतले अफगानिस्तानलाई ६६ रनले हराउँदै सेमिफाइनलको झिनो आशा कायमै राखेको हो।

जितको लागि २११ रनको विशाल लक्ष्य पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनायो। अफगानिस्तानका करिम जन्नत ४२ रनमा अविजित रहे। मोहम्मद नाबीले ३५ रन जोडे।

भारतका बलर मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए। यस्तै रविचन्द्रन आश्विनले २ विकेट हात पारे।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१० रनको बिशाल योगफल तयार पारेको थियो।

भारतका ओपनर रोहित शर्माले सर्वाधिक ७४ रनको योगदान दिए। लोकेश राहुलले ६९ रन बनाए। भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि १ सय ४० रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए।

भारत पहिलो खेलमा पाकिस्तानसँग दोस्रो खेलमा न्युजिल्यान्ड पराजित भएको थियो। शुक्रबार भारतले स्कटल्यान्डसँग खेल्नेछ। अब, सेमिफाइलन यात्रा तय गर्न भारतलाई दुबै खेल जित्नुपर्ने हुन्छ । यति मात्रै हैन अन्य खेलमा समेत भर पर्नुपर्ने हुन्छ।

सुपर–१२ को समूह–२ बाट सेमिफाइनल पुगिसकेको पाकिस्तानको ४ खेलमा ४ जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ जित र १ हारसहित दोस्रो स्थानमा छ।

न्युजिल्यान्ड ३ खेलमा २ जित र १ हार सहित नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ जित र २ हार सहित पाँचौं स्थानमा छ । भारत ३ खेलमा १ जित र २ हारका साथ चौथो स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ३ खेलनै हारेको छ।

साताकाे चर्चित
सम्बन्धित