कानुन व्यवसायीद्वारा सर्वोच्चको मूल गेट ‘कब्जा’, राजीनामा नदिए राष्ट्रसंघसम्म जाने चेतावनी
कानुन व्यवसायीद्वारा सर्वोच्चको मूल गेट ‘कब्जा’, राजीनामा नदिए राष्ट्रसंघसम्म जाने चेतावनी

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन मूल गेटमै धर्ना दिइएको हो । ठूलो संख्यामा कानुन व्यवसायी धर्नामा बसेका छन् ।

    • Bell Sanchar

    • २६ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आज सर्वोच्च अदालतको मूल गेट ‘कब्जा’ गरिएको छ । नेपाल बार एसोसिएसनको आह्वानमा भएको आन्दोलनका क्रममा कानुन व्यवसायीले सर्वोच्चको मूल गेटमा धर्ना दिएका हुन् ।

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन मूल गेटमै धर्ना दिइएको हो । ठूलो संख्यामा कानुन व्यवसायी धर्नामा बसेका छन् ।

त्यस क्रममा नेपाल बारका पदाधिकारीले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए उनका ‘कर्तुतहरू’ संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने चेतावनी समेत दिएका छन् ।

सर्वोच्च अदालतबाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएको र त्यसले न्यायालयलाई क्षति गर्ने भन्दै बारले उनको बहिर्गमनको माग गरेको हो । उता, न्यायाधीशहरू पनि प्रधानन्यायाधीशको विरोधमा छन् ।

साताकाे चर्चित
सम्बन्धित