जापानी स्टार्ट–अप कम्पनीले बनायो विश्वको सबैभन्दा ठूलो थ्रीडी प्रिन्टर
जापानी स्टार्ट–अप कम्पनीले बनायो विश्वको सबैभन्दा ठूलो थ्रीडी प्रिन्टर
    • Bell Sanchar

    • ३० कार्तिक २०७८, मंगलवार

क्योटोस्थित एक स्र्टाट–अप कम्पनीले विश्वको सबैभन्दा ठूलो थ्रीडी प्रिन्टर बनाएको छ । यो प्रिन्टरले लम्बाई, चौथाई र उचाई सबै ३ ३ मिटरसम्म भएका कुर्सी बेञ्चहरु बनाउन सक्ने बताइएको छ । स्ल्याब इंकले यस प्रिन्टरलाई चाशिसु नाम दिएको छ । चाशिसुको अर्थ जापानी भाषामा परम्परागत चिया घर भन्ने हुन्छ । यो विश्वको सबैभन्दा ठूलो प्रिन्टरमध्ये पर्ने बताइएको छ ।

प्रिन्ट हेडमा २०० डिग्री वा सो भन्दा उच्च तापक्रममा पगालिएको प्लाष्टिकको खात थुपारेर सो उपकरणले आकार बनाउँछ । यसले विभिन्न खालको प्लाष्टिकको सामाग्री बनाउन सकिने बताइएको छ । यसले सानो डुंगा र अनि कारका लागि ढोका पनि प्रिन्ट निकाल्न सक्ने भएपनि यसरी प्रिन्ट निकालिएको सामानको व्यहारिक प्रयोगका लागि मजबुत बनाउन अतिरिक्त काम भने गर्नु पर्ने कम्पनीको भनाइ छ ।स्ल्याबले चाशिसुमा थप सुधार ल्याउन खोजिरहेको छ ताकि यसले निर्माण स्थलहरुमा पनि प्रयोग गर्न सकियोस् । कम्पनीले मेशिन टुल, प्लाष्टिकका मोल्डिङ सिष्टम बनाउँदै आएको छ । यसले थ्रीडी प्रिन्टर पनि बनाउँछ । आफूहरुले थ्रीडी प्रिन्टरबाट कति ठूलो सामान बनाउन सक्दा रहेछौं भनेर हेर्ने कम्पनीका अध्यक्षको चाहनाका कारण स्ल्याबले चाशिसु प्रिन्टर बनाएको बताइएको छ । यो प्रिन्टर करीब ४ करोड येन (३ लाख ५० हजार डलर)मा व्यवसायिक रुपमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित