विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त सर्वोच्च अदालत
विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त सर्वोच्च अदालत

सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनद्वारा बिहीबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।    

    • Bell Sanchar

    • ३ मंसिर २०७८, शुक्रबार

काठमाडौँ

 

सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनद्वारा बिहीबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

“सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमको क्रममा सिर्जना हुन गएको अप्रिय अवस्थाप्रति सर्वोच्च अदालत प्रशासन गहिरो दुःख व्यक्त गर्दछ”, सर्वोच्च अदालतद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

उक्त घटनामा घाइते भएका कानून व्यवसायीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा यस्तो अवस्था आउन नदिन अदालत प्रशासन सदैव गम्भीर तथा संवेदनशील रहेको र सम्बद्ध सबैबाट आवश्यक संयमता, सहयोग र समन्वय प्राप्त हुने विश्वास व्यक्त गरेको विज्ञप्ति उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित