चितवनमा भइरहेको नेकपा एमाले महाधिवेशनमा जाने सवारी चाप, नागढुंगामा जाम
चितवनमा भइरहेको नेकपा एमाले महाधिवेशनमा जाने सवारी चाप, नागढुंगामा जाम

काठमाडौंको प्रमुख नाकाका रुपमा रहेको नागढुंगामा सवारीको अधिक चापका कारण सवारीको आवागमन सुस्त भएको महानगरीय ट्राफिक

    • Bell Sanchar

    • १० मंसिर २०७८, शुक्रबार

काठमाडौं

नेकपा एमालेको चितवनमा भइरहेको महाधिवेशनमा जाने सवारीको चाप बढेपछि नागढुंगामा जाम भएको छ । काठमाडौंको प्रमुख नाकाका रुपमा रहेको नागढुंगामा सवारीको अधिक चापका कारण सवारीको आवागमन सुस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता सञ्जीव शर्मा दास नगढुंगामा सवारीको आवामगन प्रभावित भइरहेको बताउँछन् । ‘सुरुङमार्ग बनिरहेको स्थानभन्दा माथि जाम छ,’ उनले भने,’तर, जाम हुन नदिन उचित व्यवस्थापनको प्रयास भइरहेको छ ।’

नागढुंगा प्रहरीका अनुसार जाम हुन नदिन राजमार्गमा सकेसम्म मालबहाक सवारी रोकिएको छ । यात्रुबहाक सवारीको चाप बढेकाले अत्यावश्यक बाहेकका मालवस्तु बोकेर आएका सवारीलाई राजमार्गका विभिन्न ठाउँमा रोकेर राखिएको हो ।आज काठमाडौंबाट फर्पिङ सिस्नेरी हुँदै मकवानपुरतर्फ जाने आउने सवारी साधनको आवागमन रोकिएको छ । सडक मर्मत तथा बिस्तारको काम भइरहेकोले अर्को सूचना जारी नभएसम्मका लागि उक्त स

साताकाे चर्चित
सम्बन्धित