अपनाउनुस् यी तरिकाहरू, जाडोमा आफ्नो छाला कसरी हेरचाह गर्ने ?
अपनाउनुस् यी तरिकाहरू, जाडोमा आफ्नो छाला कसरी हेरचाह गर्ने ?
    • Bell Sanchar

    • ११ मंसिर २०७८, शनिबार

जाडाे मौसममा  चिसो वातावरण र सुख्खा हावाले गर्दा छालाको नरमपन हरेक दिन र सेकेण्ड खोसिने गर्छ। याे अवस्थामा तुरुन्तै हेरविचार नगरे सुख्खा छाला फुट्न, रगत निस्किन सक्ने र छालालाई अझै खराब बनाउँछ।

जाडो मौसममा वायुको आद्रता कम हुने गर्छ जसका कारण हावामा पानीको मात्रा कम हुन्छ। त्यस्तै, जाडोमा पानीको सेवन कम हुने तथा शरीरबाट पसिना कम आउने भएकोले पनि जाडोमा छाला सुख्खा हुने गर्छ।

आफ्नो छालालाई नरम र आकर्षक राख्न जाडोको मौसममा अपनाउनुस् यी टिप्सहरुः

१. मनतातो पानीको प्रयोग गर्नुहोस्

जाडोमा आफ्नो अनुहार र हात खुट्टा धुनु तपाईं मनतातो पानीको प्रयोग गर्नुहोस्। यसो गर्दा तपाईंको छालामा भएको चिल्लोपन कम मात्रामा बाहिर निस्कन्छ जसले गर्दा तपाईंको छाला मोस्चराईज भईरहन्छ।

२. हरेक पटक मुख धाेएपछि मोस्टराईजरको प्रयोग गर्नुहोस्

तपाईंले आफ्नो छालालाई अझ राम्रो राख्नको लागि हरेक पटक अनुहार, हातखुट्टा सफा गर्दा मोस्टराईजरको प्रयोग गर्नुहोस्। मोस्टराईजरलाई सधैं आफ्नो बाथरुममा राख्नुहोस् र हरेक पटक छाला सफा गरिसकेपछि त्यसको प्रयोग गर्नुहोस्।

३. मोस्टराईजर छान्दा ख्याल गर्नुहाेस्

छालालाई नरमपन कायम राख्न- जाडोमा छालाको हेरचाह अत्यन्त जरुरी हुन्छ। कुनै कुनै मोस्टराइजर पेट्रोलियम आधारित सामाग्रीद्धारा बनाईएको हुन्छ जसले तपाईंको छालालाई जाडो मौसममा अझै सुख्खा बनाउन सक्छ। त्यसैले जाडो महिनामा ओयल बेस्ड मोइस्चराइजर प्रयोग गर्नु उचित हुन्छ। किनभने यसले छालामा सुरक्षात्मक सतह बनाउँछ।

हाम्रो छालालाई क्रिम र लोसनले भन्दा बढी नरम ओयलले बनाउँछ। ओयलमा पनि बदामको ओयललाई सबैभन्दा राम्रो मानिन्छ। कारण ओयलले छालाको रोम छिद्रलाई खुल्ला पार्न मद्दत गर्छ। साथै, छालालाई सुन्दर तथा जीवन्त राख्न मद्दत गर्छ त्यसैले मोस्टराईजर किन्नु भन्दा अगाडि राम्रोसँग बुझेर मात्र किन्नु होला।

४. पन्जा र स्कार्फको प्रयोग

पन्जा र स्कार्फहरू चिसो हावाहरू, वर्षा र वर्फबाट छालाको सुरक्षा गर्न प्रयोग गर्नुहोस्। गर्मीयामका लागि हाम्रो छालालाई सन्सक्रीमको अतिनै आवश्यकता पर्छ भने त्यत्ति नै जाडोयाममा पनि आवश्यक हुन्छ। जाडोमा पनि घामको किरण  गर्मीको घामको किरण जस्तो हानिकारक हुनसक्छ, त्यसैले घरबाट निस्कनुअघि आफ्नो छालामा उचित सन्सक्रीम लगाउनुपर्छ।

५. प्रशस्त पानी पिउने

जाडो मौसममा हामी एकदम कम मात्रामा पिउने गर्छौ। पानी पिउनुको साटो हामी कफी, चिया र अन्य तातो झोल पदार्थ पिउने गर्छौ तर यो कुरा  नबिर्सनुहोस् कि तपाईंको छालालाई भित्रमात्र नभएर बाहिरबाट पनि हाइड्रेशनको आवश्यक हुन्छ। पानीको कमीले आँखाको घेरामा कालो आउनु, ओठ सुख्खा हुनु, हात खुट्टाको छाला सुख्खा र कालो हुने हुन्छ। त्यसैले पर्याप्त मात्रामा पानी पिउनुपर्छ, जसबाट छालालाई स्वास्थ्य र मुलायम राख्न सकिन्छ।

कागतीसँग मनतातो पानीको प्रयोगले तपाईलाई धेरै ताजा र छालालाई सुख्खापनबाट बच्न मद्त पुर्याउँछ।

६. हातखुट्टाको केयरमा बढी ध्यान दिने

हात, खुट्टा र घुँडाहरूले शरीरमा अन्य क्षेत्रहरूको तुलनामा छिटो मुलायमता गुमाउँछन्। त्यसैले, राती सुत्न भन्दा अगाडी शरीरका यी भागमा मोस्टराईजर प्रयोग गरी त्यसको मुलायमपनलाई पन्जा र मोजा प्रयोग गरी बचाउनु होला।

जाडोमा खुट्टाको हेरचाह पनि उत्तिकै जरुरी छ। जाडोमा हावा सुख्खा हुदाँ अधिकांश मानिसमा खुट्टा फुट्ने समस्या धेरै हुने गर्छ। यसको रोकथामको लागि पनि मोस्टराईजर क्रिमको साथमा राती मोजा लगाएर सुत्नु राम्रो हुन्छ। यसले छाला नरम बनाउनुका साथै छालालाई फुट्न दिँदैन।

हुन त जाडोमा छालाको स्याहार भन्न साथ हाम्रो दिमागमा ग्लिसिरिन तथा मोस्टराईजरको प्रयोग नै भन्ने बुझिन्छ। जबकी आवश्यक मात्रामा फयाटी एसिड, माछाको तेल, प्रिम रोज तेल, एभोकार्डो, आलस इत्यादीको सेवन बढाएर पनि छालाको सुख्खापनालाई जरादेखि  हटाउन सकिन्छ।

एजेन्सी

साताकाे चर्चित
सम्बन्धित