कालिकोटमा नबिल बैंकद्धारा पलातामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
कालिकोटमा नबिल बैंकद्धारा पलातामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकले गाउपालिकासंग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ ।

    • Bell Sanchar

    • १९ मंसिर २०७८, आईतवार

नबिल बैंकले कालिकोटको पलाता गाउपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले गाउपालिकासंग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ ।

पलाता गाउपालिकामा नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउपालिकाको तर्फबाट अध्यक्ष लक्ष्मण बहादुर बमले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त साझेदारी मार्फत गाउपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र वित्तीय साक्षरतासम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको बैंकले जारी विज्ञप्तीमा उल्लेख छ ।

कार्यक्रममा बोल्दै गाउपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले नबिल बैंकको दिगो बैंकिङले निम्नवर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा ब्यक्त गर्नुभयो । कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताको सम्बन्धमा नबिल दिगो बैंकिङका प्रबन्ध कलिला प्रसाद ओझाले प्रकाश पार्नु भएको थियो । अन्तरक्रियाको दौरान स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुले उठाउनु भएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो। कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउपालिकाबासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो। सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको विज्ञप्तिमा भनिएको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरिे नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित