ओमिक्रोनको नयाँ लक्षण केवल रातको समयमा मात्र देखिन्छ, डाक्टरले जारी गरे चेतावनी
ओमिक्रोनको नयाँ लक्षण केवल रातको समयमा मात्र देखिन्छ, डाक्टरले जारी गरे चेतावनी
    • Bell Sanchar

    • २७ मंसिर २०७८, सोमबार

काठमाडौं। एक भाइरल संक्रमणको सबैभन्दा खतरनाक पक्ष त्यसको गम्भीरता हो । कोभिड–१९ डेल्टा भेरिएन्टले विश्वभर ठूलो संख्यामा मानिसहरुलाई प्रभावित पारेको थियो । डेल्टा भेरिएन्टको संक्रामकता अरुको भन्दा धेरै थियो । यसको संक्रमण भएपछि बिरामीमा हल्का र गम्भीर लक्षण दुवै महसुस भए । बिरामीहरुलाई चर्को ज्वरो, लगातार खोकी, सास फेर्न समस्या, छाती दुख्ने, रगतमा अक्सिजनको कमी जस्ता लक्षण देखिएका थिए ।

अब कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन नयाँ समस्याको रुपमा आएको छ । यसको गम्भीरता, प्रसार दर र लक्षणका विषयमा विभिन्न दावी गरिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार नयाँ ओमिक्रोन भेरिएन्टले पहिले संक्रमित भइसकेका व्यक्तिहरुलाई पनि सजिलैसँग संक्रमित गर्न सक्छ । यसका अलावा खोपको दुई डोज लिइसकेका व्यक्ति पनि ओमिक्रोनविरुद्ध सुरक्षित छैनन् । आगामी केही दिन वा हप्तामा यो भेरिएन्ट कत्तिको संक्रामक छ भन्ने प्रस्ट हुनेछ । अहिलेसम्म विश्वभरका डाक्टरहरुले ओमिक्रोनको संक्रमणमा विभिन्न नयाँ लक्षण देखिएको खुलासा गरिसकेका छन् ।

दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका जनरल प्राक्टिसनर डा. उनबेन पिल्लेका अनुसार ओमिकोनबाट संक्रमित बिरामीहरुमा रातको समयमा पसिना आउने लक्षण देखिन सक्छ । कैयौं पटक बिरामीलाई यति धेरै पसिना आउँछ कि उसको कपडा र ओच्छ्यानसमेत भिज्न सक्छ । संक्रमितलाई चिसो ठाउँमा बस्दा पनि पसिना आउन सक्छ । यसका अलावा संक्रमितलाई शरीर दुख्ने समस्या पनि हुन सक्छ ।डा. पिल्लेका अनुसार उनले ओमिक्रोन संक्रमित बिरामीमा सुख्खा खोकीको लक्षण पनि देखेका छन् । यो लक्षण कोरोनाका अहिलेसम्मका सबै पुराना स्ट्रेनमा देखिएको छ । यसका अलावा ज्वरो र मांशपेशी दुख्ने लक्षण पनि देखिन सक्छ । यसअघि दक्षिण अफ्रिकाकै अर्का डाक्टर एन्जलिके कोएट्जीले ओमिक्रोन संक्रमितहरुमा घाँटीमा खसखस हुनुको सट्टा घाँटीमा भित्रपट्टि छाला नै उक्किएको जस्तो दुख्ने समस्या देखिएको बताएका थियो जुन असामान्य लक्षण हो ।

साताकाे चर्चित
सम्बन्धित