१८ लाख मात्रा ‘काेभिसिल्ड’ खाेप नेपाल आइपुग्याे, २१ लाख बिहीवार ल्याइँदै
१८ लाख मात्रा ‘काेभिसिल्ड’ खाेप नेपाल आइपुग्याे, २१ लाख बिहीवार ल्याइँदै
    • Bell Sanchar

    • २९ मंसिर २०७८, बुधबार

कोरोनाविरुद्धको कोभिशिल्ड करिब १८ लाख भन्दा बढी डोज खोप नेपाल आइपुगेको छ । बुधबार १८ लाख ७१ हजार डोज कोभिसिल्ड आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्रप्रसाद चौरसिया दिनुभयो ।

अहिलेसम्म तीन करोड १४ लाख २० हजार ७३० डोज खोप आइसकेको छ । जसमा ५७ लाख ४५ हजार ५ सय कोभिशिल्ड, एक करोड ७३ लाख ४९ हजार ६ सय भेरो सेल, एक लाख ६२० फाइजर खोप रहेको डा चैरसियाले जानकारी दिनुभयो । त्यस्तै डा चौरसियाका अनुसार ३० लाख ३७ हजार ५६० एस्ट्राजेनेका र ३६ लाख ५१ हजार २ सय मोर्डना खोप नेपालले प्राप्त गरिसकेको छ ।

बिहीवार २१ लाख ७६ हजार डोज जोन्सन एण्ड जोन्सन खोप आउने
डा चौरसिया अनुसार बिहीबार (भोलि ) २१ लाख ७६ हजार डोज जोन्सन एण्ड जोन्सन खोप आउँदै छ। भोलि सात लाख १९ हजार ६५० डोज आउने र बाँकी १४ लाख ५७ हजार डोज खोप पर्सि आउने चौरसियाले बताउनु भयो । खोप युनिसेफ मार्फत आउन लागेको हो।

त्यस्तै, डिसेम्बर २३/२४ तारिखमा ६ लाख ६४ हजार फाइजर खोप आउन लागेको डा चौरसिया जानकारी दिनुभयो ।
अन्य खोप पनि आउने पाइप लाइनमा रहेको डा चौरसियाले जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित