नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल
नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल
    • Bell Sanchar

    • १२ पुष २०७८, सोमबार

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

सोमवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शुरू बन्दसत्रको शुरूमा अध्यक्ष मण्डल गठन गरिएको हो ।

अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल र रुपा महर्जन रहेका छन् ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । आजै विधान संशोधन प्रस्ताव पनि पेश हुँदैछ ।

साताकाे चर्चित
सम्बन्धित