विदेशी पर्यटकले पाउने अनअराइभल भिसा सुविधामा निरन्तरता, अध्यागमनमै एन्टीजेन परीक्षण गरिने
विदेशी पर्यटकले पाउने अनअराइभल भिसा सुविधामा निरन्तरता, अध्यागमनमै एन्टीजेन परीक्षण गरिने

अध्यागमन विभागले नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

    • Bell Sanchar

    • ७ माघ २०७८, शुक्रबार

सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले पाउने अनअराइभल भिसा सुविधालाई निरन्तरता दिएको छ । अध्यागमन विभागले नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

विभागका अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकले अनअराइभल भिसा सुविधा निरन्तर पाउने भएका छन् ।

विदेशी पर्यटकले कोभिड १९ को खोपको मात्रा पुरा गरेको प्रमाण, हवाई उडानका लागि चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड १९ परीक्षण गरेकार नेगेटिभ रिर्पोट, नेपालमा होटेल बुकिङ गरेको प्रमाण र पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य निकाय भएका त्यसको अनुमतिको प्रतिलिपि समेत पेश गरेमा नेपाल प्रवेश विन्दुमै भिसा पाउने भएका छन् ।

खोप नलगाएका विदेशी नागरिकको नेपालस्थित अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गरिने छ । यस्तो परीक्षणबाट पोजेटिभ देखिएमा आइसोलेसन वा अस्पतालमा बस्नु पर्नेछ । नेगेटिभ आएमा भने पाँच दिन होटल क्वारेन्टिनमा बस्नुपर्छ ।

साताकाे चर्चित
सम्बन्धित