गीतलाई प्रतिबन्ध लगाउन माग भएपछि दुर्गेशको प्रष्टीकरण : कुनै नारीलाई तोकेर गीतमा भनेको छैन
गीतलाई प्रतिबन्ध लगाउन माग भएपछि दुर्गेशको प्रष्टीकरण : कुनै नारीलाई तोकेर गीतमा भनेको छैन
    • Bell Sanchar

    • १८ माघ २०७८, मंगलवार

यस्तो लाग्छ, दुर्गेश थापा र विवाद एकअर्काका पर्याय हुन् । कुनै न कुनै कारणले उनी हरेक गीतबाट ‘कन्ट्रोभर्सी’मा आइरहन्छन् ।

उनीद्वारा संगीतबद्ध नयाँ गीत ‘पैसा’ पुनः अहिले विवादमा तानिएको छ । यसैसाता रिलिज भएको उक्त गीतमा छाडा र अश्लिल शब्द प्रयोग भएको भन्दै चौतर्फी विरोध भएको छ ।

दुर्गेशको उक्त गीतप्रति आपत्ति जनाउँदै वैज्ञानिक समाजवादी महिला संगठन केन्द्रिय समितिले गीतलाई तत्काल प्रतिबन्ध लगाउन माग गरेको छ । संयोजक धनकुमारी सुनारले विज्ञप्ति जारी गर्दै म्युजिक भिडिओको प्रसारण गर्न माग गरेकी छिन् ।

महिलामाथि हुने बलात्कारजस्ता मानसिक र शारिरीकजन्य हिंसा वृद्धिमा फिल्म, साहित्य र गीतमा महिलाद्धेषी तत्व प्रयोग गरिएको संगठनको आरोप छ । सामाजिक संजालमा पनि दुर्गेशको उक्त गीतको ब्यापक टीकाटिप्पणी भएको छ ।

यसैबीच, नेपाल प्रेससँग कुरा गर्दै गायक थापाले आफ्नो गीत ‘महिला लक्षित’ नभएको दावी गरेका छन् । उनले आफ्ना भोगाइ र अनुभवलाई मात्र गीतमा उतारेको बताए ।

दुर्गेश के भन्छन् ?

मैले कुनै नारीलाई तोकेर ठोकेर पैस लिनुपर्छ भन्या छैन यसमा । मेरो आँखाले देख्दै र भोग्दै आएको दृश्यलाई कैद गरेर लेखेको शब्द हुन् । यसमा आपत्ति जनाउनुपर्छ जस्तो केही लाग्दैन मलाई । गाउँघरमा पनि हाम्रा बाउआमा कसैले पनि ट्वाइलेट भन्दैन । हग्दा मुत्दा भनेको गाउँघरमा बोलिने टिपिकल शब्द नै हुन् ।

काठमाडौंजस्ता ठूला ठाउँका महलमा पाँचरुपैयाँ दशरुपैयाँ तिर्नुपर्ने हुन्छ । यिनै कुरालाई लिएर मैले गीत बनाएको हो । गाउँघरमा जा त्यसलाई ठोकेर आइज भन्ने कुरा हुन्छ । सहरतिर एउटा नाइकेले अर्को नाइकेलाई ठोकेर आइज भन्ने कुरा हुन्छ । पैसा लिएर कारोबार गरिन्छ । यिनै कुरालाई मैले गीतमा ल्याएको हो ।

तर, उहाँहरुले कसरी लिनुभयो । मैले महिलाहरुलाई टार्गेट गरेर ठोक्दा हुन्छ भनेर भन्या छैन । त्यसलाई लिएर गलत बुझिएको छ ।

साताकाे चर्चित
सम्बन्धित