माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट्न कांग्रेस नेता कोइराला खुमलटार जाँदै
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट्न कांग्रेस नेता कोइराला खुमलटार जाँदै

पछिल्लो समसामयिक राजनीतिक विषय, एमसीसी, स्थानीय तहको चुनावलगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको स्रोतले बतायो।

    • Bell Sanchar

    • २७ माघ २०७८, बिहीबार

सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट वार्ता गर्ने भएका छन्।

प्रचण्डलाई भेट्न नेता कोइराला अहिले बिहान साढे ९ बजे खुमलटार जाने कार्यक्रम रहेको प्रचण्ड निकट स्रोतले सेतोपाटीलाई जानकारी दियो।

पछिल्लो समसामयिक राजनीतिक विषय, एमसीसी, स्थानीय तहको चुनावलगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको स्रोतले बतायो।

एमसीसी विवाद चर्किएको तथा स्थानीय चुनावको मिति घोषणा भएको संवदेशनशील राजनीतिक परिस्थितिमा कांग्रेस नेता कोइरालाले विभिन्न दलका शीर्ष नेताहरूसँगको छलफललाई तीव्र बनाएका हुन्।

केही दिनअघि उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास (बालकोट) पुगेर भेटवार्ता गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित