‘मातृभूमि अभियान’ले एमसीसी बारे सशक्त विरोध प्रदर्शन गर्ने
‘मातृभूमि अभियान’ले एमसीसी बारे सशक्त विरोध प्रदर्शन गर्ने
    • Bell Sanchar

    • ९ फाल्गुन २०७८, सोमबार

लामो रस्साकसीपछि आइतबार प्रतिनिधिसभा समक्ष पेश भएको अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा मातृभूमि अभियानले पनि सशक्त विरोध प्रदर्शन गर्ने भएको छ ।

अभियानका मधेस प्रदेशका अध्यक्ष तबरेज आलमले ‘एमसीसी परियोजना अमेरिकी सैन्य गठबन्धन अन्तर्गत निर्देशित रहेको ठहर सहित आफूहरू पनि एमसीसी खारेज गर्नुपर्ने’ माग सहित सशक्त विरोध प्रदर्शनमा उत्रिन लागेको जानकारी दिए ।

नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक रणबहादुर चन्दको नेतृत्वमा रहेको मातृभूमि अभियानले एमसीसी खारेज गर्नुपर्ने माग सहित आगामी फागुन १२ गते बिहान ११ बजे माइतीघर मण्डलमा भेला भएर संसद भवन नयाँ बानेश्वरसम्म र्‍याली गर्ने जानकारी दिंदै सहभागिताको लागि सबैलाई आग्रह समेत गरेको छ । विरोध प्रदर्शनमा अभियानमा संलग्न व्यक्तिहरूका अलावा विभिन्न पेशाकर्मी र बौद्धिकवर्ग समेत सामेल हुने अभियानले जनाएको छ ।

आइतबारको प्रतिनिधिसभामा सरकारले एमसीसी टेबुल गरेको भएपनि सत्तारुढ दल, स्वतन्त्र नागरिक, अभियानकर्मी, संसदभित्र र बाहिर रहेका राजनैतिक दलहरूले विरोध प्रदर्शन गर्दै आएका छन् भने सोमबार एमसीसी सम्झौता संसदबाट निर्णय गर्नु कानुन विपरीत हुने ठहर सहित सर्वोच्च अदालतमा रिट निवेदन समेत पेश भएको छ ।

साताकाे चर्चित
सम्बन्धित