महिला, बालबालिका मन्त्री रेग्मी अमेरिका प्रस्थान
महिला, बालबालिका मन्त्री रेग्मी अमेरिका प्रस्थान

आयोगको ६६ औं अधिवेशन संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुनेछ।

    • Bell Sanchar

    • २९ फाल्गुन २०७८, आईतवार

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी अमेरिका प्रस्थान गरेकी छन्।

संयुक्त राष्ट्रसंघीय आयोगको ६६ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री रेग्मी आज अमेरिका गएकी हुन्।

आयोगको ६६ औं अधिवेशन संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुनेछ।

मन्त्री रेग्मी अमेरिका प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित