पाकिस्तानी दूतावासद्वारा स्नातक उत्तीर्ण नेपालीलाई सम्मान
पाकिस्तानी दूतावासद्वारा स्नातक उत्तीर्ण नेपालीलाई सम्मान
    • Bell Sanchar

    • ५ चैत्र २०७८, शनिबार

काठमाडौं – पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातकोत्तर गरेका नेपाली नागरिकको सम्मानमा आज पाकिस्तानी राजदूतावासले होटल अलफट काठमाडौंमा पूर्व विद्यार्थीहरुको गेट टुगेदर आयोजना गरेको छ ।

यी स्नातकहरू MBBS, BDS, D. फार्मेसी, BS इन्जिनियरिङ आदिमा पाकिस्तान प्राविधिक सहायता कार्यक्रम (PTAP) अन्तर्गत छात्रवृत्ति प्राप्त गरेका थिए। नेपाली सेनाका पूर्व प्रधानसेनापति रथी राजेन्द्र क्षेत्री प्रमुख अतिथिको रुपमा कार्यक्रममा उपस्थित थिए । सो अवसरमा आफ्नो मन्तव्यमा जनरल क्षत्रीले नेपाल–पाकिस्तान मैत्री सम्बन्धको गहिराइ र न्यानोपनको स्मरण गर्दै नेपालको विकास र विशेषगरी प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको प्रशंसा गरे ।

उनले नेपाली विद्यार्थीहरुलाई नेपालका प्रख्यात शैक्षिक संस्थाहरुमा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा पाकिस्तान सरकारलाई धन्यवाद समेत दिए । उनले पाकिस्तानबाट योग्यता हासिल गरेका विद्यार्थीले आफ्नो समृद्ध शैक्षिक अनुभवले नेपालको प्रगतिमा योगदान पु¥याइरहेको बताए । महारथी क्षत्रीले आगामी दिनमा पनि पाकिस्तानको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

राजदूत सैयद हैदर शाहले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिएको शैक्षिक छात्रवृत्तिले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धको निकटता झल्काएको बताए ।

उनले पाकिस्तानमा रहँदा नेपाली विद्यार्थीले जीवनभरका साथी बनाएको र जीवनभर सकारात्मक सम्झना लिएर गएको बताए । उनले भविष्यमा पनि नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानको निरन्तर सहयोग रहने आश्वासन दिए ।

उहाँले मानवता सेवाको भावनालाई समर्थन गरेकोमा पूर्व विद्यार्थीहरूलाई धन्यवाद दिनुभयो।

साताकाे चर्चित
सम्बन्धित