जब सलमानको अगाडि क्याट्रिनाले भनिन्, ‘साचो माया होइन, सिर्फ पैसाको लागि हो’
जब सलमानको अगाडि क्याट्रिनाले भनिन्, ‘साचो माया होइन, सिर्फ पैसाको लागि हो’
    • Bell Sanchar

    • १३ चैत्र २०७८, आईतवार

पछिल्लो समय अभिनेत्री क्याट्रिना कैफले विक्की कौशलसँग आफ्नो सुखद् वैवाहिक जीवन विताइरहेकी छन् । विक्की कौशलसँग विवाह गर्नुअघि क्याट्रिना कैफको नाम सलमान खानसँग जोडिएको थियो । उनीहरु दुवैको निकटता हामी सबैलाई थाहा भएकै कुरा हो ।

विवाहपछि पनि सलमान र क्याट्रिनाको मित्रता पहिलेको जस्तै सुन्दर छ । अहिलेको समयमा सलमान र कट्रिनाको एउट पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहरेको छ । भाइरल बनिरहेको उक्त भिडियो डान्स रियालिटी शो ‘डान्स प्लस ६’को सेटको हो ।

त्यतिखेर अभिनेता सलमान खान र क्याट्रिना कैफ आफ्नो फिल्मको प्रमोशन गर्न त्यहाँ पुगेका थिए । भाइरल भिडियोमा शोका होस्ट राघव जुयालले क्याट्रिना कैफसँग निकै रमाइलो गरेका छन् । उक्त भिडियोमा सबैजना हाँसिरहेका छन्, जसलाई धेरैले मन पराएका छन् ।

भाइरल भिडियोमा रिसाएको अभिनय गर्दै अभिनेत्री क्याट्रिनाले होस्ट राघवलाई औंला देखाउँदै भनेकी छन्, ‘मैले भनेँ, यो साँचो प्रेम होइन । सबै पैसाको चक्करमा हो ।’ अभिनेत्री क्याट्रिनाले यसो भनिरहँदा सलमान र राघवको एक्सप्रेशन हेर्न लायक छ ।

त्यसोत, सलमान र क्याट्रिनाका यस्ता कयौं भिडियोहरू सोशल मिडियामा भाइरल छन् । अहिले सलमान र कट्रिना दुवै जना आ–आफ्नो व्यक्तिगत जीवनमा अगाडि बढिसकेका छन् ।

 

साताकाे चर्चित
सम्बन्धित