नेपालमा जग्गा ठगी गरी बेलायत पुगेर रमाउँदै लमजुङका घले
नेपालमा जग्गा ठगी गरी बेलायत पुगेर रमाउँदै लमजुङका घले
    • Bell Sanchar

    • १६ चैत्र २०७८, बुधबार

लमजुङका लालबहादुर घले जग्गाबाट ठगी गरी बेलायत फरार भएका छन् । लमजुङ पाचोक गाविस वडा नं ७ का घलेले तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थली हाईटमा रहेको जग्गा सम्बन्धित व्यक्तिलाई पास नगरी अर्केकै नाममा पास गरेर ठगी गरी बेलायत फरार भएका हुन् । धादिङका क्रिसमान तामाङलाई बिक्रि गर्ने आश्वासन दिएर लाखौँ रुपैँया लिएका घलेले अन्त्यमा तामाङलाई उक्त जग्गा नदिई सिर्जना थापालाई जग्गा बेचेर ठगी गरेका छन् ।

थापाले तामाङलाई पैसा दिनुपर्नेमा नदिईकन अर्केलाई उक्त जग्गा पास गरेर ठगी गरेकी छन् ।

फरार घलेले तामाङलाई आफ्नै जग्गा हो भनी थापाको नाममा रहेको जग्गालाई बैना गरेर लाखौँ रुपैँया लिएका छन् । उनले लिएको पैसा तामाङले माग्दा उल्टो सिर्जना थापालाई देखाएर आफू तर्कँदै आएका छन् । सिर्जना थापाले दिनुपर्ने रकमसमेत तामाङलाई दिएकी छैनन् । तामाङले बारम्बार आफ्नो पैसा माग्दा फोन नउठाउने, उल्टो धम्की दिने गरेपछि तामाङले महानगरीय प्रहरी वृत्त बालाजुमा उजुरीसमेत दिएका छन् ।

बालाजु प्रहरीका प्रमुखले समेत सिर्जना थापालाई फोन गर्दा नउठाउने र फोन उठाएमा चाँडो कारोबार मिलाउने बताउँदै आएपनि हालसम्म रकम नदिएपछि पीडित तामाङ अदालतको ढोका ढकढक्याउन पुगेका छन् ।

साताकाे चर्चित
सम्बन्धित