युवा नेता शाहीले गरे उम्मेदवारी घाेषणा
युवा नेता शाहीले गरे उम्मेदवारी घाेषणा
    • Bell Sanchar

    • २३ चैत्र २०७८, बुधबार

कालिकोट / आसन्न स्थानीय तहको निर्वाचनमा पचल झरना गाउँपालिका वडा -९ को वडा अध्यक्षमा युवा नेता देवेन्द्र शाहिले नेपाली काग्रेसबाट उम्मेदवारी घाेषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय शाहिले अहिलेकाे राजनीतिमा युवाले नेतृत्व लिन पर्ने, देश विकास अनि परिवर्तन गर्न नयाँ भिजन ल्याउनु पर्ने जिकिर गर्दै आफ्नो क्षेत्रको विकासका निम्ति आफुले उम्मेदवारि घाेषणा गरेको बताएका छन् ।

शाही सामाजिक काममा सक्रिय भएका कारण आफ्नो क्षेत्र र समाजमाझ लाेकप्रिय छन् ।

आफ्नो क्षेत्रका हरेक गतिविधिमा प्रत्यक्षरुपमा सरिक हुँदै विकास निर्माण तथा सामाजिक सद्भावलाई खलबलिन नदिई स्मार्ट वडाकाे परिकल्पना सहितकाे सुन्दर, शान्त र समृद्धिका निम्ति आफ्नाे उम्मेदवारी रहेकाे बताएका पनि छन् । शाही आफ्नो क्षेत्रमा युवा व्यवसायीको रुपमा अलग पहिचान निर्माण गर्दै सम्पुर्ण युवाहरु को आदर्श पनि रहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित