प्रधानमन्त्री देउवाले गरे टाइफाइडविरूद्ध खोप अभियानको शुभारम्भ
प्रधानमन्त्री देउवाले गरे टाइफाइडविरूद्ध खोप अभियानको शुभारम्भ
    • Bell Sanchar

    • २४ चैत्र २०७८, बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरूद्ध खोप अभियान शुभारम्भ गरेका छन्।

आज काठमाडौंको दरबार हाइस्कुल परिसरमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियान सुरूवात गरेका हुन्।

यो खोप अभियान आउँदै वैशाख २५ गतेसम्म सञ्चालन गर्ने तयारी छ।

१५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन लागिएको हो।

साथै प्रदेशहरूमा पनि टाइफाइडविरूद्ध खोप अभियान आज नै सुरू गरिएको छ। मुख्यमन्त्रीहरूले विभिन्न विद्यालय पुगेर खोप अभियान सुरूवात गरेका छन्।

तस्बिरहरू:

साताकाे चर्चित
सम्बन्धित