गन्तव्य स्थान बन्दै -प्याराडाइज हिल्स रिसोर्ट
गन्तव्य स्थान बन्दै -प्याराडाइज हिल्स रिसोर्ट
    • Bell Sanchar

    • २ बैशाख २०७९, शुक्रबार

काठमाडौं उपत्यका आसपासका जिल्लाहरुमा सुविधा सम्पन्न रिसोर्ट र होटलहरु खुल्नेक्रम बढेको छ ।

गोदावरी नगरपालिकाको बाँडेगाउँ बाराही मन्दिर सगै ३ रोपनी क्षेत्रफलमा एसएस हस्पिटालिटी सोलुशनको व्यवस्थापनमा संचालनमा आएको‘प्याराडाइज हिल्स रिसोर्ट’पर्यटन क्षेत्रको नयाँ गन्तब्यका रुपमा विस्तार हुन पुगेको छ ।

काठमाडौं लगायत ब्यस्त शहरको कोलाहलबाट मुक्त पाउन यो रिसोर्ट उपयुक्त छ। प्याराडाइज हिल्स रिसोर्टका संचालक रमेशकुमार खड्का बताउनु हुन्छ -हामीले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरी गाउँमै बसेको अनुभूति दिलाउने गरी पारिवारिक वातावरण निर्माण गरेका छौं,संस्कृति र मौलिक परिकारको स्वाद चखाउन पाहुनालाई स्वागत गर्न आतुर छौं। अहिले हामी थप भब्य र सुविधासम्पन्न बनाउने तयारीमा जुटेका छौं ।

प्याराडाइज हिल्समा १४ वटा अत्याधुनिक सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक फरक क्षमता भएका हल, पारिवारिक वातावरण भएको रेष्टुरेन्ट,बार,फुड कोर्ट, स्पा, सोैना, प्राइभेट डाइनिङ हल,पर्याप्त पार्किङको सुविधा रहेको छ ।

रिसोर्टमा लाईभ बार्बिक्युब साथै अर्गानिक फार्ममा उत्पादन गरिएका बिभिन्न उत्पादन जस्तैः बिभिन्न प्रकारका माछाका परिकार,लोकल कुखुराका परिकार,खसी बोकाका परिकार,हासका परिकार उपलब्ध हुनुका साथै लोकल उत्पादन गरेको साग सब्जी र खध्यान्नका परिकारहरु उपलब्ध गराइनु का साथै मनोरम दृश्य हेर्न सकिन्छ ।

रिसोर्टमा हाल प्रत्यक्ष रुपमा १८ जनाले रोजगारीको समेत अवसर पाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित