सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टे स्पष्टीकरण
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टे स्पष्टीकरण
    • Bell Sanchar

    • २२ बैशाख २०७९, बिहीबार

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले मुख्यमन्त्री भट्टसँग २४ घण्टे स्पष्टीकरण माग गरेको हो।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह सदस्य निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएकाले मुख्यमन्त्री भट्टसँग स्पष्टीकरण सोधेको जनाएका हुन्।

यस्तै, आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि २४ घण्टाभित्र स्पष्ट गरी पठाइदिन भनेको छ ।

अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘२०७९ साल वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिता विपरीतअभिव्यक्ति दिने सदर पश्चिम सरकारका माननीय मुख्य मन्त्री र निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदिप पोखरेललाई चौबिस घण्टाभित्र स्पष्ट गरी पठाइदिन स्पष्टीकरण सोधेको छ ।’

 

साताकाे चर्चित
सम्बन्धित