सत्ता गठबन्धनको चुनावी सभा आज काठमाडौंमा
सत्ता गठबन्धनको चुनावी सभा आज काठमाडौंमा
    • Bell Sanchar

    • २३ बैशाख २०७९, शुक्रबार

सत्तारुढ नेपाली कांग्रेसले आज काठमाडौंमा चुनावी सभा गर्ने भएको छ । कांग्रेसले चुनावी सभा शुरू गरेको तेस्रो दिन आज काठमाडौंमा सभा गर्न लागेको हो ।

दिउँसो २ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सभा हुनेछ । सभालाई प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि कांग्रेसले विराटनगर र भरतपुरमा चुनावी सभा गरिसकेको छ । पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।

काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह मेयर पदका उम्मेदवार छिन् ।आजको सभाले सिंहलाई विजयी गराउन भोट अपिल गर्नेछ ।

गठबन्धनको चुनावी कार्यक्रमअन्तर्गत यसपछि शनिबार जनकपुरमा, आइतबार बिहान ११ बजे पोखरामा, सोही दिन दिउँसो दाङको घोराही र तुलसीपुरमा, सोमबार धनगढीमा र २७ गते बाराको सिमरामा अन्तिम संयुक्त सभा गरिनेछ ।

साताकाे चर्चित
सम्बन्धित