बौद्धिक तथा पेशागत समुहको आयोजनामा काँग्रेस कामपा–४ को चुनावी सभा, न्यौपानेसहित उम्मेदवारलाई विजयी गराउने घोषणा काठमाडौँ
बौद्धिक तथा पेशागत समुहको आयोजनामा काँग्रेस कामपा–४ को चुनावी सभा, न्यौपानेसहित उम्मेदवारलाई विजयी गराउने घोषणा काठमाडौँ
    • Bell Sanchar

    • २५ बैशाख २०७९, आईतवार

नेपाली काँग्रेसले काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशाल चुनावी सभाको आयोजना गरेको छ । काँग्रेस कामपा–२६ ले बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी विशाल मिलन केन्द्रको भवनमा चुनावी सभा आयोजना गरेको हो ।

चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीकै अहंकारको परिणाम स्वरुप एक विशिष्ट परिवेशमा गठन भएको पाँच दलीय गठबन्धको जन्म भएको बताउनुभयो । उहाँले अहिले नेपाली काँग्रेसको नेतृत्वको सरकारले विदेशवाट अति आवश्यक रुपमा मात्रै वेदैशिक ऋण लिएको स्मरण गर्दै काँग्रेसका उम्मेदवारलाई विजय गर्न सबैलाई आग्रह गर्नुभयो ।

नेपाल सरकारका पूर्वसचिव श्याम मैनालीले महानगर र वडाको विकासमा स्थानीय निकायको ठुलो भूमिका रहेको बताउनु भयो । उहाँले अव निर्वाचित हुने वडाका जन प्रतिनिधिहरुलाई शुभकामना दिंदै वडालाई सुशासनयुक्त भष्ट्रचारमुक्त वडा बनाउनका लागि सुझाव दिनुभयो ।

काँग्रेस कामपा–४ का वडाअध्यक्षका उम्मेदवार रामप्रसाद न्यौपानेले आफु निवार्चित भए वडालाई भष्ट्रचारमुक्त बनाउने र जनताको सल्लाह र सुझाव अनुसार मात्रै आफुले वडाको कार्य सम्पादन गर्ने बताउनु भयो । कार्यक्रममा पूर्व इन्जिनीयर हिरण्यमान प्रधान, क्षेत्रीय सभापति श्याम बहादुर खड्का काँग्रेस सोही वडाका नेता अचुत सापकोटा,अनिसराम भट्टलाई संविधानको रक्षाका लागि काँग्रेसलाई विजय गराउनुपर्ने उल्लेख गर्नुभयो ।

सोही वडामा काँग्रेसले रामप्रसाद न्यौपानलाई वडाअध्यक्ष, सुवर्ण सिलवाल र सन्जय श्रेष्ठलाई सदस्य, सावित्री थापा खनाललाई महिला सदस्य र सिता दमाईलाई दलित महिला सदस्यको रुपमा अगाडि सारेको छ ।

बौद्धिक तथा पेशागत समुहले आयोजना गरेको कार्यक्रमको सभापतित्व नेपाल प्रज्ञा प्रतिष्ठानको पुर्व कुलपति बैरागी काँइलाले गर्नुभएको थियो । काँग्रेस कामपा–४ ले आगामी बैशाख २७ गते मंगलबार विहान ७.३० बजे धुम्बहराही मन्दिर परिसरबाट चुनाव लक्षित विशेष ¥यालीको आयोजना गरेको छ । उक्त ¥यालीमा उपस्थित हुन सबैलाई काँग्रेसले आग्रह समेत गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित