भरतपुरमा चपेटामा रेनु : विजयले बढाउदै गए मतान्तर, जगन्नाथले पनि कटाए हजार मत
भरतपुरमा चपेटामा रेनु : विजयले बढाउदै गए मतान्तर, जगन्नाथले पनि कटाए हजार मत
    • Bell Sanchar

    • २ जेष्ठ २०७९, सोमबार

भरतपुर महानगर प्रमुखकी उम्मेदवार रेनु दाहाललाइ विजय सुवेदीले पछि पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेका विजय सुवेदीले ३ हजार ७५ मत प्राप्त गरेका छन् । उता रेनुले भने ३ हजार ४६ पाएकी छन् ।

साथसाथै उता स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ३७ मत पुर्याएका छन् ।

महानगरको उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ३ हजार ३ सय १ मत सहित अगाडि छन । उनीपछि एमालेको समर्थन रहेको राप्रपाकी उम्मेदवार हिमला गुरुङको मत रहेको छ । उनको मत २ हजार ४ सय ५ आएको छ ।

साताकाे चर्चित
सम्बन्धित