बाबुराम भट्टराई बलात्कारीलाई तुरुन्तै कारबाही गर
बाबुराम भट्टराई बलात्कारीलाई तुरुन्तै कारबाही गर
    • Bell Sanchar

    • ७ जेष्ठ २०७९, शनिबार

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बलात्कार जस्तो जघन्य अपराधको मुद्दामा हदम्यादले छेक्यो भन्नु हास्यास्पद र गैरजिम्मेवार भएको बताउनुभएको छ । शनिबार सामाजिक संजालमा ट्वीट गर्दै उहाँले हदम्यादको कानुन संशोधन गरि बलात्कारीलाई तुरुन्तै कारबाही गर्न माग गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘बलात्कार जस्तो जघन्य अपराधको मुद्दामा हदम्यादले छेक्यो भन्नु हास्यास्पद र गैरजिम्मेवार कुरा हो ! मान्छेकोनिम्ति कानून कि कानूनकोनिम्ति मान्छे?गोरू अगाडि कि गाडा अगाडि?मुख्य समस्या हाम्रो समाजको पितृसत्तात्मक सोंच र बर्चस्वशाली समूहको राज्यमा एकाधिकार हो।बलात्कारीलाई तु.कारबाही गर !’

सुन्दरी प्रतियोगिताका आयोजकले आठ वर्षअघि आफूमाथि गरेको ज्यादती गरेको भन्दै युवतीले केहि दिनअघि भिडियो सार्वजनिक गरेकी थिइन् । युवतीको न्यायका लागि अहिले सामाजिक संजालदेखि सडकसम्म आवाज उठीरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित