७४९ पालिकाको अन्तिम मतपरिणाम यस्तो छ
७४९ पालिकाको अन्तिम मतपरिणाम यस्तो छ
    • Bell Sanchar

    • १२ जेष्ठ २०७९, बिहीबार

स्थानिय निर्वाचन २०७९ अन्तर्गत देशभर मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।  हालसम्म ७४९ पालिकाको मतपरिणाम सार्वजनिक भैसकेको छ भने ४ वटा पालिकाको मतपरिणाम मात्र आउन बाँकी छ ।

७ सय ५३ पालिकामध्ये अहिलेसम्म कांग्रेसले तीन सय २७ वटा पालिकाको प्रमुख सिट जितेको कांग्रेस पाहिलो पार्टी बनेको छ । यस्तै एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, नेकपा एकीकृत समाजवादीले २० र लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा पालिका प्रमुखमा निर्वाचित भएको छ ।

काठमाडौँ महानगरपालिकाको केहि वडाहरुको मतगणना अझै जारी छ ।  यद्द्यपि, स्वतन्त्र उमेद्वार बालेन शाह भारी मतान्तरले अगाडी भएका कारण उहाँको जित निश्चितजस्तै छ । यसैगरी, उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बुढीगंगाको पनि अन्तिम नतिजा आउन बाँकी रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित