मेरो घर सरकारको नाममा गर्दिन्छु’ ‘चिनी मिल सञ्चालन हुन्छ भने
मेरो घर सरकारको नाममा गर्दिन्छु’ ‘चिनी मिल सञ्चालन हुन्छ भने
    • Bell Sanchar

    • १८ जेष्ठ २०७९, बुधबार

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर बेचेर भएपनि सरकारलाई सहयोग गर्ने जानकारी दिनुभयो छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आव २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उहाँले ती उद्योग सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउने जानकारी गराउनुभयो ।

“यस वर्ष वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने मेरो नामको एउटा घर छ, त्यो घर या त सरकारको नाममा पास गर्छु, नभए घर बेचेरै भए पनि एक वा डेढ करोड जति हुन्छ, बेचेर व्यक्तिगत रुपमा सहयोग गर्न तयार छु” उहाँले बजेटमाथिको छलफलमा भाग लिँदै भन्नुभयो ।

उहाँले वीरगञ्जमा चिनी मिल खुलेमा बारा, पर्सा, रौतहटलगायत जिल्लाका हजारौँ मानिसलाई रोजगारी प्राप्त हुने र कृर्षि औजार कारखानाबाट मुलुकभरका किसानलाई कृषि औजार उपलब्ध हुने भएकाले छिटो सञ्चालन गर्न माग गर्नुभयो । उहाँले बजेटमा कतिपय राम्रा कुरा रहे पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको पनि बताउनुभयो ।

सरकारले १० कुरामा आयात नगर्ने भन्ने निर्णय गरेको तर आत्मनिर्भर भएको बिस्कुट र साबुनमा जस्ता वस्तुमा आयात रोक्ने कुरामा ध्यान जान आवश्यक रहेकोमा जोड दिँदै उहाँले  आत्मनिर्भर रहेका वस्तुको आयात रोक्न पनि उहाँले आग्रह गर्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित