एमालेसंग साँठगाँठ गरेको आरोपमा कांग्रेस नेता निष्कासित
एमालेसंग साँठगाँठ गरेको आरोपमा कांग्रेस नेता निष्कासित
    • Bell Sanchar

    • २५ जेष्ठ २०७९, बुधबार

नेपाली कांग्रेस जिल्ला कार्यसमिति दैलेखले उपसभापति नवराज शाहीलाई निष्कासनको कारबाही गरेको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेसंग साँठगाँठ गरी आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको भन्दै उनलाई पार्टीबाट निकालिएको हो । जिल्ला सभापति मणिराम रेग्मीले हिजो विज्ञप्ति जारी गर्दै शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेको जानकारी दिएका छन् ।

उनलाई पार्टी विधान २०१७ (संशोधितसहित) को परिच्छेद ९ को धारा ३४ को (क) बमोजिम कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ ।

शाहीले गत सोमबार पार्टीबाट जिसस प्रमुखका उम्मेदवार दुर्गाकुमारी श्रेष्ठविरुद्ध स्वतन्त्र उम्मेद्वारी मनोनयन दर्ता गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित