पोर्चुगलको सहज जीत
पोर्चुगलको सहज जीत
    • Bell Sanchar

    • २७ जेष्ठ २०७९, शुक्रबार

यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले सहज जीत निकालेको छ ।

समूह चरण अन्तर्गत बिहीवार राति पोर्चुगलले चेक रिपब्लिकलाई २-० गोल अन्तरले हराएको हो ।

पोर्चुगलको जीतमा जोआ कान्सेलो र गोन्कालो गुएडेसले एक एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा कान्सेलोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

यस जीतसँगै लिग ए समूह २ को पोर्चुगलले ३ खेलमा ७ अंक जोडेको छ ।

पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

चेक ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित