ललितपुरको इमाडोलबाट पेस्तोलसहित एक जना पक्राउ
ललितपुरको इमाडोलबाट पेस्तोलसहित एक जना पक्राउ

प्रहरीले सोही नगरपालिकाका-८ लुभू बस्ने ५३ वर्षीय श्यामकृष्ण श्रेष्ठलाई सोमबार दिउँसो पक्राउ गरेको हो।

    • Bell Sanchar

    • १४ असार २०७९, मंगलवार

ललितपुरमा एक जना पुरूषलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।

महालक्ष्मी नगरपालिका-४ इमाडोल पिपलबोटबाट एउटा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्दीविक्रम शाहले जानकारी दिए।

प्रहरीले सोही नगरपालिकाका-८ लुभू बस्ने ५३ वर्षीय श्यामकृष्ण श्रेष्ठलाई सोमबार दिउँसो पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उक्त ठाउँमा पार्किङ गरी राखेको प्रदेश ३-०२-०१५ प ६५४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाइराखेको अवस्थामा सो बरामद भएको हो।

यसबारेमा विभिन्न कोणबाट अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित