लाेकतन्त्रमा बोल्न मात्र होइन हास्न र रुन पनि पाइन्छ

आफ्नै पार्टीलाई खरानी बनाउने अभियानमा जुटेका माधव प्रचण्डहरूको वैशाखी बनेर आफैले मुखमा  बाँधेको टेप खोलेर बोल्न पाइन्छ भन्दै चिच्याइन ।

    • सानुमैँया खड्का (सविता)

    • १४ असार २०७९, मंगलवार

२०७९ असार १२ गते सहरी विकास मन्त्रालयको परिसरको सहरी विकास मन्त्रालयमा रामकुमारी झाँक्री घुक्क घुक्क गर्दे रुइन, उनका आँखाबाट तप्प तप्प आँसु खसिरहे । टेबुलमा रहेको टिस्यु पेपरले घरीघरी आँसु पुछ्ने प्रयत्नलाई पनि उनका आँखाहरूले धोका दिइरहे । अराजकताको सीमा नाघेर बोल्ने रामकुमारी पत्रकारसमक्ष सरी म बोल्न नसक्ने भए भनेर नतमस्तक भईन ।

नेता र नेतृत्वको आलोचना गर्दा, भए नभएका आरोपहरू नेताहरूलाई लगाउँदा आफ्नो राजनीतिक उचाइ प्राप्ति हुन्छ भन्ने बलियो मान्यता रामकुमारीमा थियो । उनी त्यही मान्यताका कारण आफूलाई मन नपरेका नेताहरूको मान मर्दन गर्दै गइन । विना कारण, विषय र तर्क उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि मान मर्दन गर्न पछाडि परिनन् ।

गोरखाको एउटा कार्यक्रममा त उनले देशको अभिभावक सम्माननीय राष्ट्रपतिको मान मर्दन गर्ने गरी नै अराजक बोली वोलिन । आफ्नै पार्टीलाई खरानी बनाउने अभियानमा जुटेका माधव प्रचण्डहरूको वैशाखी बनेर आफैले मुखमा  बाँधेको टेप खोलेर बोल्न पाइन्छ भन्दै चिच्याइन ।

जे होस् तत्कालीन नेकपाभित्र रामकुमारी र यो प्रवृत्तिका धेरै मान्छेहरू थिए । जसले नेकपालाई तहस नहस बनाए र नेपाली जनताको स्थिर राजनीति, विकास, समृद्धि र सुखको सपनालाई धुजा धुजा बनाए । त्यसको एउटै कारण थियो पद । राम कुमारीको मन्त्री पद खुस्किँदाको रोदन र बिलौनाले पनि त्यही कुरा प्रमाणित गर्दछ ।

अहो, रामकुमारीलाई लाग्न सक्दछ, मैले गणतन्त्र प्राप्तिको आन्दोलनमा सडकमा रगत बगाएकी छु । तर उनले यो सामान्य रगतलाई कतिसम्म वेच्छिन होला र उनको त्यो रगतको देशले कतिसम्म मूल्य चुकाउनु पर्दछ होला । त्यो स्वयको उत्तर उनले नै दिनु पर्दछ । अव रामकुमारीले त्यो रगतलाई राजनीतिक उचाइ प्राप्तिमा जति बेचिन, उनलाई मान्नै पर्दछ ।

मान्छेहरूले परिवर्तनको आन्दोलनमा जीवनका महत्त्वपूर्ण अङ्गहरू गुमाएका छन्, हात गोडा, आँखा, बोली गुमाएका छन् । मानिसहरू परिवर्तनको आन्दोलनमा बेपत्ता भएका छन्, शहीद भएका छन् । दर्जनौँ वर्ष मानिसहरू जेल बसेका छन् तर उनीहरूले राजनीतिक परिवर्तनको आन्दोलनमा गरेको योगदानप्रति देशसँग हिसाब खोजेका छैनन् । जसरी रामकुमारीले देशसँग उनको आन्दोलनमा प्रहरीको लाठीबाट लागेको सामान्य चोटबाट बगेको रगतको मूल्य पटक पटक खोजेकी छन् । उनले एकपल्ट यो विषयमा पनि गभ्भिर भएर सोच्न पर्दछ ।

समयले मानिसलाई बदल्छ की मानिसले समय बदल्छ ? यसमा लामो बहस र विवाद हुन सक्ला ? यो विषयमा विभिन्न सिद्धान्त र दर्शनको प्रयोग हुन सक्ला ? तर रामकुमारी कहिले मुखमा आफैले टाँसेको टेप खोलेर, आफैले लगाएको कोट फालेर बोल्न पाइन्छ भन्दै सडकमा कुर्लिएर अराजकता मच्चाइन । माधव नेपाललाई लतारेर निर्वाचन आयोगमा दल दर्तापछि मन्त्री बनेर कुर्सीमा विराजमान हुँदा कसैले नपाएको पद र कोही आसीन नभएको पद उनले पाएको जसरी आफैले सम्हाल्न नसकेको उन्मुक्त हाँसो प्रदर्शन गरिन । र त्यो पद गुमाउँदा आजसम्म संसारकै कोही मन्त्रीहरूले नदेखाएको रोदनपूर्ण चित्कार प्रदर्शन गरिन ।

जे होस् पछिल्ला दुई वर्षमा रामकुमारीले जति अराजकता वोलिन, अव उनको त्यो अराजक बोली बन्द हुनुपर्छ । रामकुमारीले मन्त्री पद प्राप्तिमा जति उन्मुक्त हाँसो प्रदर्शन गरिन अव त्यो नेपाली समाजकालागि अपाच्य हाँसो पनि बन्द हुनु पर्दछ । र मन्त्री पद गुमाउनु पर्दा देखाएको गहभरिको आँसु र रोदनले नेपाली जनताको शिर निहुरिएको छ र मन्त्री पदकै गरिमामाथि प्रश्न उठेको छ । अव राम कुमारीले त्यो रोदन र क्रन्दन पनि बन्द गर्न सक्नु पर्दछ । बोल्न पाइन्छ, हाँस्न पाइन्छ र रुन पाईन्छको सेरोफेरोमा घुमेको

रामकुमारीको अराजकताले भरिएको राजनीतिक जीवनलाई समयले बदल्छ की रामकुमारीले समयलाई वदल्छिन । यो भने हेर्न बाँकी छ ।

राम कुमारीले बुझ्नु पर्ने पक्ष भनेको के हो भने विरोधका नाममा विरोध मात्रै राजनीति होइन, राजनीति त जीवन पद्धति हो । राजनीति भनेको सामाजिक संस्कार र व्यवहार हो भन्ने कुरा बुझ्न जरुरी छ । नेताहरूको मान मर्दन गर्दैमा नेता हुन सकिँदैन भन्ने कुरा उनले बुझ्न जरुरी छ । हुन त पद मोहलाई नै राजनीति ठान्ने रामकुमारीहरुकालागि म समाजवादीको सदस्य होइन, एमाले मेरो घर हो भनेर एमाले प्रवेश भए पनि कसैले आश्चर्य नमाने हुन्छ ।

आफूले आफैलाई थेग्न र नियन्त्रण गर्न नसक्नेगरि भित्रैबाट उर्लिएको रामकुमारीको आँसुले उनी जुन पार्टीको जगमा उभिएर त्यो ठाउँमा पुगेकी थिइन, त्यसको आशा उनलाई मरिसकेको र दोहोरिएर त्यो ठाउँमा पुग्ने उनको विश्वास र आशा मरिसकेको जो कोहीले अनुमान गर्न सक्दछ । उनको यो हाँसो र र रोदनको उतारचढावले भरिएको रामकुमारीको व्यवहारले उनको राजनीतिक  अवसान मात्रै होइन, उनको अराजकताका कारण बहकिएर पद प्राप्तीकालागि जन्मिएको नेकपा समाजवादीको अवसान पनि निश्चित प्राय छ ।  सानुमैँया खड्का (सविता)

Nabintech
साताकाे चर्चित
सम्बन्धित