शुक्रबार हुने ,उपसभामुखको निर्वाचन
शुक्रबार हुने ,उपसभामुखको निर्वाचन

दुई दिन भित्रै उपसभामुखको निर्वाचन गर्ने सभामुखको तयारी अनुसार शुक्रबार निर्वाचन हुने भएको हो।

    • Bell Sanchar

    • २९ असार २०७९, बुधबार

प्रतिनिधि सभाको रिक्त रहेको उपसभामुख पदको निर्वाचन असार ३१ गते शुक्रबार हुने भएको छ।

सभामुख अग्नि सापकोटाले असार ३१ गते निर्वाचन गर्ने गरि निर्वाचनको कार्यतालिका प्रकाशन गर्न प्रतिनिधि सभाका सचिव गोपनाथ योगीलाई निर्देशन दिएका हुन्।

प्रतिनिधि सभाको कार्यसूची अनुसार आजको बैठकमा उनले रिक्त रहेको उपसभामुख पदको निर्वाचनको मिति तोकेका हुन्।

दुई दिन भित्रै उपसभामुखको निर्वाचन गर्ने सभामुखको तयारी अनुसार शुक्रबार निर्वाचन हुने भएको हो।

नेकपा एमालेबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको छ।

सरकारले उपसभामुख निर्वाचन गर्नुको साटो संवैधानिक परिषद् सम्बन्धि विधेयक ल्याएपछि कांग्रेस भित्रैबाट विरोध भएको थियो।

ओली सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै कांग्रेसले त्यतिबेला उपसभामुख छान्न माग गरेको थियो। तर आफ्नो नेतृत्वमा सरकार बनेपछि संवैधानिक परिषद् ऐन संशोधन गर्ने विधेयकको बाटो समातेर उपसभामुख चयनमा नलागेको भन्दै कांग्रेस भित्रै विरोध भएको थियो।

 

साताकाे चर्चित
सम्बन्धित