दिल्लीमा चौथाइवालेले गरे प्रचण्डलाई स्वागत
दिल्लीमा चौथाइवालेले गरे प्रचण्डलाई स्वागत

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड भारत गएका हुन्। 

    • Bell Sanchar

    • ३१ असार २०७९, शुक्रबार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँदिल्ली पुगेका छन्।

तीन दिने भ्रमणका लागि भारत ‍गएका प्रचण्डलाई शुक्रबार दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन्।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड भारत गएका हुन्।

भ्रमणका क्रममा प्रचण्डले भारतीय नेतृत्वसँग सीमामा हुने बाढी र डुबानदेखि भारतले रूससँग सस्तोमा किनेको भनिएको तेलका विषयमा पनि कुरा गर्ने बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित