कसरी होला तालमेल ?
कसरी होला तालमेल ?

०७४ को निर्वाचनमा एमाले र माओवादीले ६०/४० को अनुपातमा सिट बाँडेर वाम गठबन्धन गरेका थिए, पाँचदलीय गठबन्धनका लागि सिट बाँडफाँड जटिल

    • Bell Sanchar

    • ३ श्रावण २०७९, मंगलवार

आगामी निर्वाचनमा अहिलेकै गठबन्धनलाई निरन्तरता दिने नीतिगत सहमतिमा पुगेसँगै सत्तारूढ पाँचै दलले तालमेलको मोडालिटी र सिट बाँडफाँड बारे छलफल सुरु गर्ने भएका छन् ।

सुरुमा शीर्ष तहमा छलफल गर्ने, त्यसका आधारमा आ–आफ्ना पार्टीभित्र छलफल गर्ने र त्यसपछि औपचारिक निर्णयमा पुग्ने उनीहरूको योजना छ । गठबन्धनमा जटिलता रहे पनि आवश्यकता भएकाले मापदण्ड बनाएरै तालमेलको औपचारिक निर्णय हुने नेताहरूले बताएका छन् ।

कांग्रेसबाहेकका दलले तालमेल सम्मानजनक हुनुपर्नेमा जोड दिएका छन् । सिटबारे कुनै पनि दलले दाबी गर्ने गरी निर्णय लिएका छैनन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ सिट छन् । जसमध्ये हाल प्रत्यक्ष निर्वाचित माओवादीका ३६, कांग्रेसका २३, एकीकृत समाजवादीका १३, जसपाका १२ र जनमोर्चाका एक सांसद छन् ।

ती सिट आफूलाई सुरक्षित राखेर थप सिट बाँडफाँड गर्ने दलहरूका प्रारम्भिक प्रस्ताव छन् । स्थानीय निर्वाचनमा तालमेल गर्दा उनीहरूले यही विधि अपनाएका थिए ।

नयाँ पत्रिका

साताकाे चर्चित
सम्बन्धित