पुश्कल शर्माको बुढाबुढीले संसार रुवाए (भिडियोसहित)
पुश्कल शर्माको बुढाबुढीले संसार रुवाए (भिडियोसहित)
    • Bell Sanchar

    • १० श्रावण २०७९, मंगलवार
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव एक महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । सोही क्रममा लोकप्रिय दोहोरी गायक पुश्कल शर्माको नयाँ तिज गित ‘श्रीमान श्रीमती’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ ।

 

सुप्रसिद्ध दोहोरी गायिका शान्ति श्री परियार र गायक पुश्कल शर्माले गाएको गितमा पुश्कल शर्माकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा विनोद बाजुरालीको संगित संयोजन रहेको छ ।

पुश्कल शर्मा विगत दुई दशक देखि निरन्तर सांगितिक बजारमा रमाईरहेका छन्, उनको चर्चा परिचर्चा दिनहु बढ्दै गईरहेको छ | पछिल्लो समय शर्मा निकै व्यस्त गायक एवम् सर्जक रुपमा चिनिन्छन् । उनले गाएका थुप्रै गितहरु सर्वाधिक रुचाईएका छन् । संख्यात्मक भन्दा पनि गुणात्मक सृर्जनामा रमाऊने शर्माको गित सुन्न दर्शकहरुले पनि केही समय प्रतिक्षा गर्नुपर्ने हुन्छ । केहि सम़ अघि बजारमा आएको ‘तिम्रो थर मेरो थर’ गितको सर्वाधिक रुचाईएपछी तिजलाई लक्क्षित गर्दै नयाँ कोसेली बजारमा पस्किएका हुन् । कहिले हसाऊने-कहिले रुवाऊने, कहिले मिलन-कहिले विछोड, कहिले मायाप्रेमका विषयवस्तुको चित्रण त कहिले सामाजिक घटनाका विषयवस्तु चित्रण शर्माका गितमा पाईने विशेषताहरु हुन् ।

म जिऊन सक्दिन मुटु जलाई जलाई गितबाट फराकिलो सांगितिक यात्रा वनाएका पुश्कल शर्मा बहुआयामिक प्रतिभा धनि छन्, उनि आफ्नै गित लेख्छन् , संगित भर्छन् , आफै गाऊछन्, भिडियोमा आफ्नै निर्देशन अनि कथावस्तु वनाऊछन् संगै अभिनयमा पनि आफै प्रस्तुत हुने गर्छन् । यति मात्र नभई उनि निकै शान्त, सुशिल, अनुशासित, इमान्दार कलाकारको रुपमा परिचित छन् । उनि गितसंगितमा मात्र नभऊ सामाजिक कार्यहरुमा पनि उनि उतिक्कै अव्बल छन् उनले धेरै गरिव, दिनदुखी, अपांग, असंक्त व्यक्तिहरुलाई पनि उतिकै सहयोग गरिरहेका हुन्छन् ।

पुश्कल शर्मामा गित हास्ने, नाच्ने, रमाऊने, भावुक हुने मात्र नभई केहि न केहि सन्देश दिने सन्देशमुलक पनि हुने गर्छन् । सायद त्यही विशेषताले होला उनका फ्यान, सुवचिन्तक शर्माको नयां गितको लामो प्रतिक्षामा बसिरहनु हुन्छ । भखर्रै बजारमा सार्वजनिक भएको शर्माको तिज गितले पनि सन्देशमुलक कथावस्तु प्रस्तुत गरेको छ । निकै मर्मस्पर्शी भावले कोरिएका शब्दहरुमा एकल महिलाको वेदना चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

पुश्कल शर्माकै उत्कृष्ट निर्देशन एवम् कथावस्तुमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा पुश्कल शर्मा संगै उनको श्रीमती शवि शर्मा, कमला गैरै र युवानी शर्माको दर्दानक अभिनय रहेको छ । यस अघि पनि पुश्कल शर्माको बुढाबुढीले अभिनय गरेको ‘तिम्रो थर मेरो थर’ गित सर्वाधिक रुचाईएको थियो ।

मन्दिर म्युजिकको पोष्ट प्रोडक्सनमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छांयाकन एवम् दिपक विष्टले सम्पादन गरेका छन् । गित Puskal Sharma अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

 

साताकाे चर्चित
सम्बन्धित