देवचुलीमा दूध सङ्कलन केन्द्र स्थापना   
     देवचुलीमा दूध सङ्कलन केन्द्र स्थापना   

देवचुली–७ सीताबासको युनिक कृषि तथा पशुपालन समूहले रु १६ लाखको लागतमा दूध सङ्कलन केन्द्र स्थापना गरेको हो ।

    • Bell Sanchar

    • १३ श्रावण २०७९, शुक्रबार

नवलपुर,
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा दूध सङ्कलन केन्द्र स्थापना भएको छ । देवचुली–७ सीताबासको युनिक कृषि तथा पशुपालन समूहले रु १६ लाखको लागतमा दूध सङ्कलन केन्द्र स्थापना गरेको हो ।

युनिक कृषि तथा पशुपालन समूहका अध्यक्ष डिल्लीराम काफ्लेका अनुसार दूध सङ्कलन केन्द्रमा फिस्टेल डेरीले रु आठ लाख बराबरको दुई हजार लिटर क्षमताको ट्याङ्की, रु एक लाख बराबरको जेनेरेटर र देवचुली नगरपालिकाले रु चार लाख बराबरको अस्थायी भवनको सहयोग गरेको छ । दूध सङ्कलन केन्द्रका लागि पशुपालन समूहले रु तीन लाख ऋण लगानीमा थ्री फेस लाइन, क्यान र अन्य आवश्यक भाडाकुँडा खरिद गरी सहयोग गरेको काफ्लेले जानकारी दिनुभयो ।

दूध सङ्कलन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको हो । देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले कृषकले दूध बिक्री गर्न टाढा जानुपर्ने बाध्यता हटेको बताउनुभयो । नगरप्रमुख न्यौपानेले कृषकलाई समानुपातिक ढङ्गले चोक्कर वितरण गर्ने उल्लेख गर्दै नगरभित्र दानाको मूल्य न्यूनीकरण गर्न पहल गर्ने बताउनुभयो । यसअघि दूध सङ्कलन केन्द्र नहुँदा यहाँका कृषक धारापानी र दलदले पुग्नुपर्ने अवस्था थियो ।

साताकाे चर्चित
सम्बन्धित