कोरोना संक्रमण , ७९ वर्षिय अमेरिकी राष्ट्रपति वाइडेनलाई पुन
कोरोना संक्रमण , ७९ वर्षिय अमेरिकी राष्ट्रपति वाइडेनलाई पुन

पुनः कोभिड देखिएपछि उनी ह्वाइट हाउसमै आइसोलनमा बसेका छन्।

    • Bell Sanchar

    • १५ श्रावण २०७९, आईतवार

अमेरिकी राष्ट्रपति जो बाइडेनको पुनः कोभिड पोजेटिभ देखिएको छ।

७९ वर्षिय राष्ट्रपति वाइडेनको शनिबार गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले जानकारी दिएका छन्।

पुनः कोभिड देखिएपछि उनी ह्वाइट हाउसमै आइसोलनमा बसेका छन्।

यसअघि उनलाई जुलाई २१ मा पछिल्लो पटक कोरोना भाइरसको संक्रमण भएको थियो। उनले त्यतिबेला कोरोनाका हल्का लक्षणहरू आफूले अनुभव गरिरहेको बताए पनि यो संक्रमणमा आफूलाई कुनै पनि लक्षण नदेखिएको बताएका छन्।

शनिबारको परीक्षणपछि आफूलाई कुनै लक्षण नदेखिए पनि आफ्नो सम्पर्कमा आउनेलाई सतर्क रहन राष्ट्रपति वाइडेनले भनेका छन्।

चिकित्सक केभिन ओकोनरका अनुसार राष्ट्रपति बाइडेनको स्वास्थ्य स्थिति हेर्दा उनलाई थप उपचार गर्नु आवश्यक छैन। हाल वाइडेनले प्याक्सलोभिड खाइरहेका छन्।

गत साता मंगलबार र शुक्रबारको बीचमा चार पटक परीक्षण गर्दा राष्ट्रपति वाइडेनलाई कोरोना भाइरसको नतिजा नेगेटिभ आएको थियो।

 

साताकाे चर्चित
सम्बन्धित