मुख्यमन्त्री शाहीद्वारा कोपिला भ्याली अवलोकन   
मुख्यमन्त्री शाहीद्वारा कोपिला भ्याली अवलोकन   
    • Bell Sanchar

    • २८ श्रावण २०७९, शनिबार

 कर्णाली, २८ साउन 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित कोपिला भ्याली स्कुल अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री शाहीले आज उक्त स्कुलको शैक्षिक अवस्था, भौतिक संरचना, जनशक्ति व्यवस्थापन र बालबालिकाको पठन संस्कृतिबारे अवलोकन गर्नुभएको हो ।

कर्णालीका टुहुरा एवं बेसहारा बालबालिकालाई शिक्षा प्रदान गरी यहाँको शैक्षिक विकासमा सहयोग पु¥याउँदै आएको भ्याली स्कुल पुग्नुभएका उहाँले शिक्षण सिकाइ क्रियाकलाप, वातावरणीय अवस्था र जनशक्ति व्यवस्थापन राम्रो रहेको बताउनुभयो । “हामीले स्कुल अवलोकन गर्नुको ध्येय भनेको सार्वजनिक विद्यालयलाई कसरी बलियो बनाउने र कर्णालीमा गुणस्तरीय शिक्षाको विकासमा के गर्न सकिन्छ भन्ने हो”, उहाँले भन्नुभयो, “यस विषयमा त्यहाँका संस्थापक एवं सिएनएन हिरो अवार्ड विजेता म्याग्गी डोयन र सहसंस्थापक टोपबहादुर मल्लसँग छलफल भयो ।” उहाँहरुले यसमा चासो देखाएको मुख्यमन्त्री शाहीको भनाइ थियो ।

प्रकृतिसँग जोडिएको उक्त विद्यालयको मनोरम वातावरणमा पढ्ने, पढाउने मात्र नभई फार्मिङ, विभिन्न क्षेत्रसँग जोडिएको उद्यम एवं व्यवसायले विशेषगरी महिलालाई रोजगार दिएर वार्षिक रु दुई हजार डलर आर्जन गर्नमा सहयोग पु¥याएको भन्दै विद्यालय परिवारलाई उहाँले धन्यवाद दिनुभयो । मुख्यमन्त्री शाहीले अमेरिकामा जन्मेर कर्णालीको शैक्षिक विकासमा ठूलो योगदान दिएकोप्रति संस्थापक म्याग्गीको उच्च प्रशंसा गर्नुभयो ।

मुख्यमन्त्रीसँगको भेटमा संस्थापक म्याग्गीले कर्णालीको शैक्षिक उन्नयनका लागि कुनै पनि काम गर्न तयार भएको प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री शाहीले उक्त स्कुलको अवलोकन फलदायी भएको बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित