मालपोत कार्यालयले जग्गाको नयाँ मूल्यांकन सार्वजनिक कहाँको कति?
मालपोत कार्यालयले जग्गाको नयाँ मूल्यांकन सार्वजनिक कहाँको कति?

काठमाडौंमा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी छ वटा मालपोत कार्यालय छन्।

    • Bell Sanchar

    • २ भाद्र २०७९, बिहीबार

देशभरका मालपोत कार्यालयले जग्गाको नयाँ मूल्यांकन सार्वजनिक गरिरहेका छन्।

मालपोत कार्यालयहरूले हरेक वर्ष आर्थिक वर्षमा दर्ता हुने लिखतमा थैली अंक कायम गर्न सम्बन्धित क्षेत्रको जग्गाको न्यूनतम मूल्य निर्धारण गर्छन्। बिक्रेताले क्रेतालाई बेच्दा खेरी लगाएको मूल्यलाई थैली अंक भनिन्छ। नियमअनुसार थैली अंकभन्दा कम मूल्यमा जग्गा बिक्री गर्न पाइँदैन।

मालपोत कार्यालयले आ–आफ्नो क्षेत्राधिकार भित्रका नगरको जग्गाको मूल्य निर्धारण गर्दै आएका छन्। स्थानीय तहको सिफारिसका आधारमा मालपोत कार्यालयहरूले जग्गाको सरकारी मूल्य निर्धारण गर्छन्।

काठमाडौंमा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी छ वटा मालपोत कार्यालय छन्। यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ। ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।

आज हामीले कीर्तिपुर नगरपालिकाको जग्गा भाउबारे यहाँ उल्लेख गरेका छौं। यहाँको जग्गा कलंकी मालपोतले हेर्छ। कीर्तिपुरसहित चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन नगरपालिका र काठमाडौं महानगरपालिकाका वडा नम्बर १३, १४ र १५ क्षेत्र कलंकी कार्यालय अन्तर्गत पर्छ।

कलंकी मालपोतका सूचना अधिकारी कृष्ण प्रसाद गौतमका अनुसार यसपालि यो क्षेत्रका जग्गाको थैली मूल्य प्रतिआना १० प्रतिशतले वृद्धि गरी निर्धारण गरिएको छ। भौतिक पूर्वाधारका विकासका आधारमा मूल्य निर्धारण गरिने उनले जानकारी दिए।

‘बाटो, बिजुली लगायत स्थानीय तहमा भएका विकासका आधारमा जग्गाको मूल्य निर्धारण गरिन्छ,’ उनले भने।

प्रत्येक वर्ष जग्गाको मूल्य बढाउनै पर्छ भन्ने छैन। तर अघिल्लो वर्ष कायम भएको न्यूनतम मूल्य भने घटाउन पाइँदैन।

मालपोतले चालु आर्थिक वर्षमा कीर्तिपुरमा जग्गाको मूल्य प्रतिआना ११ हजार रूपैयाँदेखि एक लाख ५० हजार रूपैयाँसम्म बढाएको छ।

कीर्तिपुर नगरपालिका वडा नम्बर १, २ र १० मा भने प्रतिआना १३ हजारदेखि ७० हजार रूपैयाँसम्म बढाइएको छ।

यो ठाउँको जग्गा अहिले आनाको एक लाख ४८ हजारदेखि सात लाख ७० हजार रूपैयाँसम्म तोकिएको छ। यसअघि आनाको एक लाख ३५ हजारदेखि सात लाख रूपैयाँसम्म तोकिएको थियो।

त्यस्तै सीता पेट्रोल पम्प, ट्याङ्ला चोक, कीर्तिपुर स्विमिङ पुल हुँदै कीर्तिपुर चक्रपथसम्म, खसीबजार रमितेडाँडा, चाँदनी चोक हुँदै सीता पेट्रोल पम्पको कीर्तिपुर चक्रपथ छुने बाटो, खसी बजार, बल्खु पुलदेखि अमृतनगर, ग्रीन उड भिल्ला, अजिमाख्याः हुँदै कीर्तिपुर चक्रपथ छुने बाटो, कलंकी मितेरीपुल, मैत्री नगर, नेपालभाषा एकेडेमी हुँदै कीर्तिपुर चक्रपथ छुने बाटो, अजिमाख्यः देखि ट्याङ्ला चोकसम्मको बाटो, मिलन चोकदेखि सीता पेट्रोल पम्प, खसीबजारदेखि नापी कार्यालयसम्म, अमृतनगरदेखि मैत्री नगरसम्म, स्वर्गद्वारीदेखि नेपालभाषा मार्ग, हेल्थ पोष्टदेखि ट्याङ्ला चोकसम्म र कलंकी चक्रपथको बल्खु पुलदेखि बल्खु खोला करिडोर क्षेत्रको जग्गा आनाको सात लाख ७० हजार रूपैयाँ निर्धारण गरिएको छ। पहिले आनाको सात लाख रूपैयाँ थियो।

पूर्व त्रिवि पर्खाल, पश्मिममा बल्खुखोला, उत्तर काठमाडौं-चक्रपथ एवम् बल्खुखोला तथा दक्षिण कीर्तिपुर-चक्रपथ चार किल्लाभित्र पर्ने वडा नम्बर–१, २, र १० को पक्की सडक भएको जग्गा प्रतिआना सात लाख १५ हजार रूपैयाँ तोकिएको छ।

यिनै ठाउँको कच्ची सडक भएको जग्गा आनाको पाँच लाख ५० हजार रूपैयाँ तोकिएको छ।

त्यस्तै गोरेटो बाटो भएकोलाई आनाको तीन लाख ६३ हजार र बाटो नभएकालाई एक लाख ४८ हजार रूपैयाँ निर्धारण गरिएको छ।

गत वर्ष बाटो नभएको जग्गाको मूल्य आनाको एक लाख ३५ हजार रूपैयाँ थियो।

त्यस्तै, वडा नम्बर–१, २, ३, ९ र १० को चक्रपथ तथा त्यसभित्रको जग्गाको मूल्य प्रतिआना ११ हजारदेखि डेढ लाखसम्म बढाइएको छ।

कीर्तिपुर चक्रपथ सडकको ९ नम्बर वडा कार्यालय, तगःओपी, पागा दोबाटो, लोकचतान्त्रिक चोक हुँदै बर्खा हिटी, नगरपालिकाको भवन निर्माण स्थलसम्म तथा लोकतान्त्रिक चोकदेखि कीर्तिपुर गेटसम्म क्षेत्रका जग्गाको मूल्य प्रतिआना १६ लाख ३५ हजार रूपैयाँ तोकिएको छ। पहिले यहाँ आनाको १४ लाख ८५ हजार रूपैयाँ थियो।

कीर्तिपुर चक्रपथ सडक तगः ओपीदेखि सागल पाटी, देवढोका हुँदै बर्खाहिटी र नगरपालिकाको भवन निर्माण स्थलसम्म आनाको सात लाख २६ हजार रूपैयाँ कायम गरिएको छ। गत वर्ष ६ लाख ६० हजार थियो।

त्यस्तै त्यस क्षेका चक्रपथ भित्रका पक्की सडकमा आनाको ६ लाख पाँच हजार रूपैयाँ छ।

कच्ची सडकमा चार लाख ४८ हजार रूपैयाँ छ भने गोरेटो बाटोमा तीन लाख पाँच हजार रूपैयाँ छ।

बाटो नभएको ठाउँमा एक लाख २१ हजार रूपैयाँ निर्धारण गरिएको छ। गत वर्ष बाटो नभएको ठाउँको जग्गालाई एक लाख १० हजार रूपैयाँ कायम गरिएको थियो।

वडा नम्बर–३, ४, ५, ६, ७, ८ र ९ को जग्गाको मूल्य २२ हजारदेखि १ लाख २० हजार रूपैयाँसम्म बढाएको छ।

पाँगा चोक हनुमान घाटसम्मको जग्गाको मूल्य प्रतिआना १३ लाख २० हजार रूपैयाँ निर्धारण गरिएको छ। यसअघि यो क्षेत्रको जग्गा १२ लाख रूपैयाँ तोकिएको थियो।

हनुमानघाटदेखि पाँगा ढोकासी, सालिक, विष्णुदेवी चोक हुँदै चोभार गेटसम्मको जग्गा प्रतिआना ६ लाख ६० हजार रूपैयाँ निर्धारण गरिएको छ।

पाँगा दोबाटोदेखि भाजंगल, चिखुसम्म (मसानघाट) नगाउ दोबाटो कीर्तिपुर बहुउद्देश्यीय सहकारी, ९ नम्बर वडाको कार्यालयसम्मको जग्गा प्रतिआना ९ लाख ६८ रूपैयाँ निर्धारण गरिएको छ।

भाजंगल, चिखुसम्म (मसानघाट) भाजंगल पुरानो बस्ती प्रवेश बिन्दु (पानी ट्यांकीसम्मको जग्गाको मूल्य प्रतिआना ६ लाख ५० हजार रूपैयाँ तोकिएको छ।

कीर्तिपुर प्रथम जग्गा एकीकरण आयोजनाभित्रको बाटोमा सात लाख २६ हजार रूपैयाँ तोकिएको छ।

पाँगा वडा नम्बर ९ सुन्दर बजार, कृष्ण सिने भिजन, पाँगा खाः पुखु, चिखु नगाउ दोबाटो, खाः पुखु हुँदै बालकुमारी मन्दिर (भत्केपाटी जाने मुलबाटो) सम्म आनाको पाँच लाख ५० हजार रूपैयाँ तोकिएको छ। त्यस्तै पाँगा वडा नम्बर ९ कै सुन्दर बजार, कृष्ण सिने भिजन, पाँगा खाः पुखु हुँदै भत्केपाटी जाने मूलबाटोसम्म, पाँगा वडा नम्बर सुन्दर बजारदेखि बसुन्धरा मन्दिरसम्मको जग्गाको मूल्य पनि आनाको पाँच लाख ५० हजार नै तोकिएको छ।

भाजंगल चोक (मार्जिमानको पसल) देखि दहन, जनसेवा ईन्चुगाउ हुँदै टौदह राराहिल सडकसम्मको बाटोको जग्गाको मूल्य प्रतिआना चार लाख ४८ हजार रूपैयाँ निर्धारण गरिएको छ। पाँगा दहनदेखि माथिल्लो चारघरेसम्मको पक्की सडक वरपरको जग्गा र राराहिल, जाखाः हुँदै ६ नम्बर वडा सिमाना लनगोलसम्मको जग्गाको मूल्य प्रतिआना चार लाख २५ हजार रूपैयाँ निर्धारण गरिएको छ।

नगाउँ दोबाटोदेखि राराहिल चोकसम्म भत्केपाटी, सिताराम गोकुल मिल्क्स जाने र चम्पादेवी जाने दोबाटो साइराम चोकसम्मको जग्गाको मूल्य प्रतिआना ९ लाख ६८ हजार रूपैयाँ तोकिएको छ।

राराहिल चोकदेखि भत्केपाटी चोकसम्म र तीन नम्बर वडा कार्यालयदेखि राराहिलसम्मको ढल्पा बाटो वरपरको जग्गाको मूल्य प्रतिआना ८ लाख ४७ हजार रूपैयाँ तोकिएको छ।

सिताराम गोकुल मिल्क्स र चम्पादेवी जाने दोबाटोदेखि पुष्पलाल प्रतिष्ठानसम्म र मानेडाँडा दोबाटोदेखि खतिवडा चौर, पुष्पलाल प्रतिष्ठान जाने दोबाटोसम्म, साझा पसलदेखि मच्छेनारायण मन्दिर जाने बाटो, सिताराम गोकुल मिल्क्स र चम्पादेवी जाने दोबाटोदेखी चम्पादेवी पाउसम्म र विश्व राष्ट्र माविदेखि सल्यानस्थान हुँदै कीर्तिपुर चक्रपथ सागलसम्मको जग्गाको मूल्य प्रतिआना चार लाख ४८ हजार रूपैयाँ तोकिएको छ।

त्रिवि गेट, कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाको सिमाना, चोभार गेट हुँदै हिमाल सिमेन्ट चोकको कलभर्ट (दक्षिणकाली मार्ग) सम्मको जग्गाको मूल्य प्रतिआना सात लाख २६ हजार रूपैयाँ तोकिएको छ।

हिमाल सिमेन्ट चोकको कलभर्ट, हिमाल सिमेन्ट चोक टौदह हुँदै खहरे खोलासम्मको ईश्वरी मार्गसम्मको जग्गाको मूल्य प्रतिआना चार लाख २५ हजार रूपैयाँ निर्धारण गरिएको छ।

टौदह, चुईगाउँ हुँदै लनगोल, छ नम्बर वडाको सिमानासम्मको जग्गा र थापा गाउँ दोबाटो, आचार्य टोल, भुतखेल हुँदै इश्वरी मार्गसम्मको जग्गाको मूल्य तीन लाख ६३ हजार रूपैयाँ निर्धारण गरिएको छ।

हिमाल सिमेन्ट चोक, चोभारदेखि जलविनायक हुँदै सैंवु जोड्ने बागमती पुलसम्मको जग्गाको हुँदै सैंवु जोड्ने बागमती पुलसम्मको जग्गाको मूल्य प्रतिआना ६ लाख ६० हजार रूपैयाँ निर्धारण गरिएको छ।

गाम्चा पँधेरोदेखि तल्लो सल्यानस्थान हुँदै विष्णुदेवीसम्म जाने बाटोसम्मको जग्गाको मूल्य प्रतिआना चार लाख ५० हजार रूपैयाँ तोकिएको छ।

गाम्चाचौरदेखि झुलपोखरी हुँदै अदानेसम्मको जग्गाको मूल्य प्रतिआना चार लाख रूपैयाँ तोकिएको छ।

राराहिल माथि गाम्चा जाने बाटो कालिकास्थान मन्दिरसम्म पुग्ने बाटोको जग्गाको मूल्य चार लाख २५ हजार रूपैयाँ तोकिएको छ।

त्यस्तै यस क्षेत्रमा पर्ने स्पष्ट नभएका जग्गा र चक्रपथ बाहिर पर्ने पक्की सडकको जग्गाको मूल्य प्रतिआना चार लाख ४८ हजार, कच्ची सडक तीन लाख ३० हजार, गोरेटो बाटो दुई लाख ४२ हजार र बाटो नभएको जग्गाको मूल्य ८८ हजार रूपैयाँ निर्धारण गरिएको छ।

गत वर्ष बाटो नभएको जग्गाको मूल्य प्रतिआना ८० हजार रूपैयाँ तोकिएको थियो।

साताकाे चर्चित
सम्बन्धित