शोकाकुल भिडमा देखिएको इमानदार वौद्धिक नेताको शक्ति
शोकाकुल भिडमा देखिएको इमानदार वौद्धिक नेताको शक्ति

फाेटाे फिचर

    • Bell Sanchar

    • ५ भाद्र २०७९, आईतवार

काठमाडौं

पदका हिसाबले हेर्दा प्रदीप गिरि लो प्रोफाइलमै रहे । उनको फुक्काफाल, मनमौजी जीवनशैली, तर राष्ट्रिय महत्वका मुद्दाहरुमा चाहिने तीक्ष्णता र गम्भीरताले सधैं मानभाउ पाइराख्यो ।

कमै नेताहरुले उनले जस्तो देश–देशावरको कान–ध्यान आकृष्ट गर्छन् होला ।

आज यी कांग्रेस सांसद तथा समाजवादी चिन्तकको बिदाइका बेला शोक सन्तप्त अनुहारहरुको जुन सहभागिता देखियो, त्यसले उनको व्यक्तित्वको शक्ति झल्काउँछ ।

बौद्धिकताको कदर, अनि इमानको सम्मान झल्काउँछ । मेडिसिटी अस्पताल होस्, या पार्टी मूख्यालय सानेपा, या होस् आर्यघाटको जमघट ।

आजका दृश्यहरुले यस्तै बताउँछन् ।

गिरिको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टिअघि गिरिको शव अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको थियो ।

ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएका गिरिलाई आइतबार शुभेच्छुकहरु श्रद्धाञ्जली दिन अस्पतालमै पुगेका थिए ।

अस्पतालबाट शव ल्याएर ११ बजेदेखि २ बजेसम्म कांग्रेस पार्टी कार्यालयमा राखिएको थियो । सानेपामा गिरिलाई सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताले पार्टीको झण्डा ओढाएका थिए ।

उनलाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, सभामुख अग्निप्रसाद सापकोटा, बाबुराम भट्टराई, विभिन्न दलका नेताहरु सानेपा पुगेका थिए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका थिए ।

प्रधानमन्त्री देउवासहित मन्त्री र विभिन्न दलका नेताहरु पनि आर्यघाट पुगेका थिए । गिरिलाई उनका छोरा सन्तोष, र भतिजाहरु प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागवत्ती दिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । ‘नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ, सोही अनुसार उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो’ उनले अनलाइनखबरसँग भने ।

हेर्नुहोस् तस्वीरहरु

 

साताकाे चर्चित
सम्बन्धित