यी हुन् बोक्रासहित स्याउ खानुका फाइदा
यी हुन् बोक्रासहित स्याउ खानुका फाइदा
    • Bell Sanchar

    • ९ भाद्र २०७९, बिहीबार

जुनसुकै मौसममा पनि सजिलै उपलब्ध हुने स्वादिष्ट फल स्याउलाई स्वास्थ्यका दृष्टिले एकदमै लाभदायी मानिन्छ। फाइबरयुक्त स्याउमा भरपूर फाइब्रोन्युटि्रएन्ट पाइन्छ, जुन हृदयका लागि फाइदाजनक मानिन्छ। स्याउमा एन्टि-अक्सिडेन्ट तत्व हुनुका साथै भरपूर मात्रामा क्याल्सियम पाइन्छ, जसले हड्डीलाई मजबुती प्रदान गर्नुका साथै टुट्नबाट समेत बचाउँछ।

स्याउले शरीरमा कोलेस्टेरोलको मात्रा घटाउनुका साथै सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ। शरीरमा रक्तप्रवाहलाई यथावत राख्न पनि स्याउको सेवन उपयोगी मानिन्छ।

 

खासगरी, ब्रेकफास्टका रूपमा खानु उपयुक्त मानिन्छ। स्याउ बोक्रासहित खानु अनिवार्य छ। ब्रोका निकालेर खाँदा पोषक तत्व निस्केर जान्छ।

 

स्याउको नियमित सेवनले हन फाइदाहरु :

१‍ स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ। स्याउमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ। साथै, रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ।

२ स्याउ सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ। साथै, रक्तसञ्चारलाई यथावत् राख्न पनि सघाउ पुर्याउँछ।

३ स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ। पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या क्रमशः कम हुँदै जान्छ।

४ स्याउले शरीरमा रहेको पिएचको मात्रालाई नियन्त्रण गरी पाचनप्रणाली दुरुस्त बनाउन मद्दत गर्छ।

५ स्याउको सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ। साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ।

६ नियमित स्याउ खाँदा मोटोपन हटाउन सहयोगी हुन्छ। साथै, मोटोपनबाट हुने हृदयाघात, मधुमेह र मुटुरोगजस्ता समस्या हुने सम्भावना हुँदैन।

७ मिर्गौलामा हुने पत्थरीबाट बच्न स्याउको सेवन लाभदायी हुन्छ। साथै, बिरामीले खाएमा पत्थरीका कारण हुने दुखाइबाट आराम मिल्छ।

८ ब्रोकासहितको फाइबरयुक्त स्याउ खाँदा पित्तथैलीमा जमेर बसेको कोलस्ट्रोललाई बाहिर निकाल्ने काम गर्छ। यसरी पित्तथैलीमा हुने पत्थरीबाट जोगिन मद्दत पुग्छ।

९ हरेक बिहान एउटा स्याउ खाने हो भने स्तन क्यान्सरको सम्भावनालाई २३ प्रतिशत रोक्न सकिन्छ। साथै, यसले कलेजो र आन्द्राको क्यान्सर हुनबाट जोगाउँछ।

साताकाे चर्चित
सम्बन्धित