बनेपामा खुल्याे ब्युटी क्वीन मेकअप स्टुडियो, वरिष्ठ सौन्दर्यविद् महराले गरिन् उद्घाटन
बनेपामा खुल्याे ब्युटी क्वीन मेकअप स्टुडियो, वरिष्ठ सौन्दर्यविद् महराले गरिन् उद्घाटन

फेसियल हाउसकै पूर्व विद्यार्थी रञ्जिता केसीले उक्त मेकअप स्टुडियो सञ्चालनमा ल्याएकी हुन् ।

    • Bell Sanchar

    • ९ भाद्र २०७९, बिहीबार

वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले बुधबार एक कार्यक्रमका बिच मेकअप स्टुडियोको उद्घाटन गरेकी हुन् ।

फेसियल हाउसकै पूर्व विद्यार्थी रञ्जिता केसीले उक्त मेकअप स्टुडियो सञ्चालनमा ल्याएकी हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालिका केसीले फेसियल हाउसमा सिकेको सिपले आज आफै मेकअप स्टुडियो चलाउन सक्ने भएको भन्दै फेसियल हाउसप्रति आभार प्रकट गरिन ।

 

यसका साथै उनले यदि कसैमा ब्युटीसियन सिक्न चाहाना भए फेसियल हाउसमा जान पनि आग्रह गरिन ।

यसका साथै उनले फेसियल हाउसमा सिकेको सिपले बिदेशमा जान चाहनेका लगिपनि उपयुक्त हुने बताइन् । बनेपा बासीले सौन्दर्यताका लागि काठमाडौं धाइराख्नु पर्ने बाध्यताको अन्त गर्नको लागि मेकअप स्टुडियो खोलेको उनको भनाई छ ।

उद्घाटन कार्यक्रममा बोल्दै फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले आफ्ना विद्यार्थीले गरेको प्रगति देखेर मनै देखि खुशी महशुस भएको बताइन् । उनले भनिन् ‘ आफुले सिकाको बच्चाहरुले यसरी काम गरेको देख्दा सारै खुशी लाग्छ ।’ साथै उनले सञ्चालिका केसीलाई शुभकामना ब्यक्त समेत गरिन ।

प्रबन्ध निर्देशक महराले काठमाडौं देखि बनेपासम्म आशिर्बाद दिनका लागि पुगेको जनाएकी छिन् । कार्यक्रममा मोडल तथा उद्घोषक अमृता खनालकाे पनि उपस्थिती रहेको थियो । विगत लामो समयदेखि सौन्द्रर्य पेशामा रहेकी महरा नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंको कोषाध्यक्ष समेत हुन् ।

उनैले सञ्चालन गरेकाे फेसियल हाउस काठमाडौँको सुन्धारामा अवस्थित छ । फेसियल हाउस देशकै उत्कृष्ट सैलुनहरू मध्ये नं १ ब्युटी सैलुनको रुपमा परिचित छ । चाबहिल, बागबजार, सीटीसी मल, पोखरा र सुर्खेतमा फेसियल हाउसको शाखा रहेको छन् ।

फेसियल हाउसले छाला, कपाल सम्बन्धीका समस्यालाई ध्यानमा राखी चीन, मलेसिया, कोरिया र थाइल्याण्डका कम्पनीसँगको साझेदारीमा थोक तथा खुद्रा कस्मेटिक्स सेवाका साथै ब्युटी एण्ड हेयर सम्बन्धी अध्यापन पनि गराउँदै आएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित