सभामुखको रुलिङ ,त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न
सभामुखको रुलिङ ,त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न

विश्वविद्यालयमा भएको गुण्डागर्दीबारे कुलपति समेत रहेका प्रधानमन्त्री मौन बनेको भन्दै उनले आपत्ति जनाए ।

    • Bell Sanchar

    • १३ भाद्र २०७९, सोमबार

काठमाडौं

त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुख अग्नि सापकोटाले रुलिङ गरेका छन् ।

आज बसेको संसद बैठकको सुरुमै नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविमा सरकारको संरक्षणमा गुण्डागर्दी भएको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।

विश्वविद्यालयमा भएको गुण्डागर्दीबारे कुलपति समेत रहेका प्रधानमन्त्री मौन बनेको भन्दै उनले आपत्ति जनाए ।

यसबारे गृहमन्त्री, शिक्षामन्त्री वा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै रुलिङ गर्न माग गरे ।

नभए संसद अगाडि बढ्न नसक्ने भन्दै एमाले सांसदहरु उठेपछि सभामुखले रुलिङ गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित