गठबन्धनका शीर्ष नेतालाई चुनावी क्षेत्र रोज्न मुस्किल
गठबन्धनका शीर्ष नेतालाई चुनावी क्षेत्र रोज्न मुस्किल

शेरबहादुरको डडेलधुरा निश्चित, माधव–प्रचण्डको क्षेत्र कुन ?

    • Bell Sanchar

    • १६ भाद्र २०७९, बिहीबार

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनबीच तालमेल गरेर जाने सहमति भएसँगै सिट बाँडफाँटको विषयमा व्यापक छलफल भइरहेको छ । सिट संख्या वितरणको मापदण्डका विषयमा दलहरूबीच टुंगो लागिनसके पनि पार्टीका शीर्ष नेताहरू चुनाव लड्ने पक्काजस्तै छ ।

सत्ता गठबन्धन दलका प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव प्रत्यक्ष निर्वाचनमा भाग लिन चाहन्छन् ।

उनीहरू कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्लान भन्ने आम चासोका साथ हेरिएका बेला गठबन्धनको नेतृत्व गरेका कांग्रेस सभापति देउवा आफ्नै गृह जिल्ला डडेलधुराबाट चुनाव लड्ने पक्का भएको छ । देउवाले आफ्नो क्षेत्रबाट मनोनयन दर्ता गराएपछि चुनाव जित्ने करिब पक्काजस्तै भएकाले उहाँले अन्य क्षेत्रमा जाने विषयमा नसोचेको देउवा निकट नेताहरूले बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित