तीज सकिएको पाँच दिनपछि दूतावासमा दर ,आरजुलाई खुसी पार्ने राजदूत काइदा
तीज सकिएको पाँच दिनपछि दूतावासमा दर ,आरजुलाई खुसी पार्ने राजदूत काइदा

तर उनले हिजो आइतबार दर खुवाउने कार्यक्रम राखेर आरजुलाई प्रमुख अतिथि बनाए ।

    • Bell Sanchar

    • २० भाद्र २०७९, सोमबार

काठमाडौं

पञ्चाङ्ग पात्रोमा तीज सकिएको त अघिल्लो मंगलबार हो । तर प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा टोकियाे पुगेको क्षणलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी (दुबसु) ले मानमनितोमा कुनै कसर बाँकी छाडेनन् ।

यस्सै स्वागत गरेको भए पनि भइहाल्थ्यो ।

तर उनले हिजो आइतबार दर खुवाउने कार्यक्रम राखेर आरजुलाई प्रमुख अतिथि बनाए ।

तीज अघिल्लै साता सकिए पनि आरजुलाई दुबसुले पाँच दिनपछि तीजको दर खुवाएका थिए ।

फेसबुकमा तीजका फोटो राख्दै आरजुले दुबसु र पत्नी पुनमलाई धन्यवाद दिएकी छन् ।

‘जापानमा अवस्थित नेपालका राजदूत श्री दुर्गाबहादुर सुवेदीज्यू तथा श्रीमती पुनम सुवेदीज्यूद्वारा तीजको अवसरमा आयोजित नेपाली चेली–बुहारीहरुको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सरिक हुन पाउँदा खुशी लाग्यो’, उनले लेखेकी छन् ।

साताकाे चर्चित
सम्बन्धित