रणवीर र आलियाको ‘ब्रह्मास्त्र’ले बक्स अफिसमा बनाएका ८ कीर्तिमान
रणवीर र आलियाको ‘ब्रह्मास्त्र’ले बक्स अफिसमा बनाएका ८ कीर्तिमान

'ब्रह्मास्त्र'को दोस्रो पार्ट सन् २०२५ मा प्रदर्शन हुनेछ। जसमा रणवीर कपूर, दीपिका पादुकोण र शाहरुख खानको मुख्य भूमिका रहनेछ।

    • Bell Sanchar

    • २ आश्विन २०७९, आईतवार

बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र पार्ट १’ ले बक्स अफिसमा कीर्तिमानी कमाइ गरिरहेको छ।

रणवीरको करियरमा ३ सय करोड कमाउने यो तेस्रो फिल्म बनेको छ। यस्तै अभिनेत्री आलियाको करियरमा ३०० करोड कमाउने यो पहिलो फिल्म बनेको छ।

यसबाहेक यो दुबै स्टारको करियरको सबैभन्दा ठूलो ओपनर पनि बनेको छ। फिल्म अष्ट्रेलियाको टप वीकेन्ड चार्टमा पनि प्रवेश गरेको छ।

अयान मुखर्जी निर्देशित फिल्ममा रणवीर र अलियासँगै अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, मौनी रोयलगायत कलाकारको अभिनय छ। गत शुक्रबारदेखि फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा एकसाथ प्रदर्शन भइरहेको छ।
‘ब्रह्मास्त्र’को दोस्रो पार्ट सन् २०२५ मा प्रदर्शन हुनेछ। जसमा रणवीर कपूर, दीपिका पादुकोण र शाहरुख खानको मुख्य भूमिका रहनेछ।

अयान मुखर्जीको निर्देशनमा बनेको यो फिल्मले दर्शकको मन जितेको छ र बक्स अफिसमा धेरै रेकर्डहरू पनि बनाएको छ। यी हुन् ब्रह्मास्त्रले बनाएका ८ बक्स अफिस रेकर्ड

१- रणवीरको सर्वाधिक ओपनिङ गर्ने फिल्म
४१० करोडको लगानीमा बनेको यो फिल्मले रिलिजको पहिलो दिनमै ७५ करोड कमाएर रणवीरको करियरको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बनेको छ।

फिल्मले ओपनिङ दिनमै हिन्दी बेल्टमा ३७ करोड कलेक्सन गरेको थियो। योसँगै फिल्मले आन्ध्र प्रदेश र तेलंगाना राज्यमा ५.८० करोड कमाएको छ। यसअघि फिल्म सञ्जु ३४ करोड कमाएर रणवीरको करियरको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बनेको थियो।

२- आलियाको सबैभन्दा ठूलो ओपनर
ब्रह्मास्त्रले पहिलो दिनमै हिन्दी बेल्टमा करिब ३७ करोड कमाएर अभिनेत्रीको करियरको सबैभन्दा ठूलो ओपनर बनेको छ।

ब्रह्मास्त्र रिलिज हुनुअघि फिल्म कलंकले २१.६० करोड कमाएर आलियाको करियरको सबैभन्दा ठूलो बक्स अफिस ओपनर बनेको थियो। त्यसअघि आरआरआरले २०.०७ करोडको ब्यापार गरेको थियो।

३- रणवीरको करियरमा सबैभन्दा धेरै सप्ताहन्तमा कमाई गर्ने फिल्म
ब्रह्मास्त्रले रणवीरको बक्स अफिसमा अर्को रेकर्ड बनाएको छ। फिल्मले सप्ताहन्तमा करिब १२५ करोड कलेक्सन गरिसकेको छ। यस अनुसार ब्रह्मास्त्र रणवीरको करियरको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।

यसअघि रणवीरको फिल्म ‘सञ्जु’ पहिलो साताको अन्त्यमा करिब १२० करोड कलेक्सन गरेर सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो।

४- आलिया भट्टको सप्ताहन्तमा सबैभन्दा ठूलो कमाई गर्ने चलचित्र
पहिलो साताको अन्त्यमा १२५ करोड कमाएर यो फिल्म आलियाको करियरको अहिलेसम्मकै सबैभन्दा ठूलो साताको कमाई भएको छ।

यो फिल्मको वीकेन्ड ग्रस कलेक्शन आलियाको गंगुबाई काठियावाडी र कलंक जस्ता फिल्मभन्दा धेरै छ।

५- बलिउडमा २०२२ को सबैभन्दा ठूलो ओपनर
रणवीर-आलियाको फिल्म ब्रह्मास्त्र २०२२ को बलिउड बक्स अफिसमा सबैभन्दा ठूलो ओपनर बनेको छ।

यसले कार्तिक आर्यनको भुल भुलैया २ लाई पनि ठूलो कमाईले उछिनेको छ। भुल भुलैया २ ले १४.११ करोड कमाएको छ भने ब्रह्मास्त्रले ३६.५० करोड कमाएको छ।

६- सप्ताहन्त बढी कमाउने फिल्म
फिल्म ब्रह्मास्त्रले पहिलो सप्ताहन्तमा विश्वभर २२५ करोड कलेक्सन गरेको थियो। सेप्टेम्बर ९ मा रिलिज भएको यो फिल्म सप्ताहान्तमा विश्वभर यति ठूलो कलेक्सन गर्ने पहिलो बलिउड फिल्म बनेको छ। यसले सप्ताहन्तको कमाईको मामिलामा धेरै हलिउड फिल्मलाई पनि पछि पारेको छ।

७- कोरोना महामारीपछि बलिउडको सबैभन्दा ठूलो ओपनर
रणवीर–आलियाको फिल्म ‘ब्रह्मास्त्र’ले रिलिजको पहिलो दिनमै हिन्दी बेल्टमा करिब ३७ करोड कमाएर कोरोना अवधिको सबैभन्दा ठूलो ओपनर बनेको छ।

ब्रह्मास्त्र रिलिज हुनुअघि अक्षय कुमार र कट्रिना कैफको फिल्म सूर्यवंशीले करिब २६ करोड कमाएर कोरोना महामारीपछि बलिउडको सबैभन्दा ठूलो ओपनर बनेको थियो।

८- ओपनिङ वीकेन्डमा १०० करोड कमाउने दशौं फिल्म
यो फिल्म ओपनिङ वीकेन्डमा १०० करोडको आँकडा पार गर्ने १० औं फिल्म बनेको छ।

साताकाे चर्चित
सम्बन्धित