यस्तो छ कपिल शर्माको नयाँ फिल्मको ट्रेलर (भिडिओ)
यस्तो छ कपिल शर्माको नयाँ फिल्मको ट्रेलर (भिडिओ)

फिल्ममा उनी ज्विगाटो नामक खानेकुरा कम्पनीका डेलिभरी ब्वाइका रूपमा देखिएका छन्।

    • Bell Sanchar

    • ४ आश्विन २०७९, मंगलवार

भारतीय अभिनेता तथा कमेडियन कपिल शर्माको नयाँ फिल्मको ट्रेलर सार्वजनिक भएको छ। दर्शक हँसाएर चर्चा कमाएका कपिल फिल्म ‘ज्विगाटो’ मा गम्भीर भूमिकामा देखिएका छन्।

फिल्ममा उनी ज्विगाटो नामक खानेकुरा कम्पनीका डेलिभरी ब्वाइका रूपमा देखिएका छन्।

एक मिनेट ३९ सेकेन्डको ट्रेलरमा कपिलको पेसा र निजी जीन्दगीलाई देखाइएको छ। डेलिभरी गर्ने एक व्यक्तिको कामले अरूको पेट भरेर सन्तुष्टि दिलाए पनि यो भागदौडमा उसको निजी जीन्दगीको सन्तुलन बिग्रिएको कथा यसमा पस्किएको छ।

कपिलको मुख्य भूमिका रहेको यो फिल्मको निर्देशन नन्दिता दासले गरेकी हुन्।

यही फिल्मको सुटिङका लागि कपिलले केही समय आफ्नो चर्चित कार्यक्रम ‘द कपिल शर्मा’ केही समय स्थगित गरेको बताइएको छ। गत सेप्टेम्बर १० देखि भने द कपिल शर्मा शोको नयाँ सिजन सुरू भइसकेको छ।

पहिलो भागमा अक्षय कुमार र रकुलप्रित सिंह अतिथि थिए। कपिल शर्मा शोको नयाँ सिजनमा नयाँ कलाकारहरूको प्रवेश भएको छ भने पुराना कलाकार कृष्णा अभिषेक र भारती सिंह देखिएका छैनन्।

खबरका अनुसार कृष्णाको सोनी च्यानलसँग पारिश्रमिकबारे कुरा नमिलेकाले र भारती अर्को कार्यक्रममा व्यस्त भएकाले कपिल शोमा नदेखिएका हुन्।

साताकाे चर्चित
सम्बन्धित