यस्ताे छ अक्षय कुमारकाे फिल्म ‘राम सेतु’ को टिजर (भिडिओ)
यस्ताे छ अक्षय कुमारकाे फिल्म ‘राम सेतु’ को टिजर (भिडिओ)

अक्षयले फिल्मको टिजर सार्वजनिक गर्दै ट्वीटरमा लेखेका छन्, ‘राम सेतुको पहिलो झलक’।

    • Bell Sanchar

    • ११ आश्विन २०७९, मंगलवार

बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘राम सेतु’ को टिजर सार्वजनिक भएको छ।

सार्वजनिक टिजरमा अक्षय राम सेतु बचाउन तीन दिन मात्रै समय भएको बताउँछन्। फिल्ममा अक्षय पुरातत्वविद्को भूमिकामा देखिएका छन्। उनले आर्यन कुलश्रेष्ठ पात्रको भूमिका निर्वाह गरेका छन्।

अक्षयले फिल्मको टिजर सार्वजनिक गर्दै ट्वीटरमा लेखेका छन्, ‘राम सेतुको पहिलो झलक’।

अभिषेक शर्माले निर्देशन गरेको फिल्ममा अक्षयसँगै ज्याकलिन फर्नान्डिज, नुसरत भरुचा, सत्यदेव कंचराना, एम नासिरलगायतको अभिनय छ। फिल्मको कथा निर्देशक शर्माले नै तयार पारेका हुन्।

यो फिल्म अक्टोबर २५ देखि प्रदर्शन हुँदैछ।

यो फिल्म अक्षयको सन् २०२२ मा प्रदर्शन हुने पाँचौं फिल्म हो। उनको फिल्म ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’, ‘रक्षा बन्धन’ र ‘कठपुतली’ प्रदर्शन भइसकेको छ।

साताकाे चर्चित
सम्बन्धित